२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशछात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण

छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण


कैलाली—बर्दगोरिया गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुमा निःशुल्क सेनेटरी प्याड वितरण गरिएको छ । सामुदायिक विद्यालयको आधारभूत तथा मावि तहमा अध्ययनरत छात्राहरुको सहजताका लागि भन्दै मंगलबार निःशुल्क सेनेटरी प्याड वितरण गरिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाबाट ‘किशोर—किशोरी कार्यक्रम’ अन्तर्गत महिनावारी स्वास्थ्य ब्यवस्थापनका लागि सेनेटरी ब्याग वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीले जानकारी दिए । पालिकाको वडा नम्बर—४ स्थित कालिका मावि नौनिया, वडा नम्बर—३ स्थित जगदीम्बके भगवती मावि रानीकुण्डा र वडा नम्बर—५ स्थित जनता आधारभूत विद्यालय कोइली भुरुवामा सो सामाग्री वितरण गरिएको हो ।

पहिलो चरणमा तीन वटा सामुदायिक विद्यालयमा ३० हजार मूल्यको सेनेटरी प्याड खरिद गरि वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । सशर्त अनुदानअन्तर्गतको रकमबाट खरिद गरिएका ८ सय थान सेनेटरी प्याड विद्यालयका प्रअमार्फत एकमुष्ट रूपमा हस्तान्तरण गरिएको छ ।

विद्यालयमा पुगेर गाउँपालिका अध्यक्ष बलिराम डंगौरा, उपाध्यक्ष भगवतीदेवी डंगौरा, वडा नम्बर—१ का वडा अध्यक्ष एवं शिक्षा समिति संयोजक जयरुप खतिवडा, शिक्षा तथा खेलकुद शाखा प्रमुख नन्दाकुमारी भट्टलगायतले सो सामाग्री वितरण गरेका हुन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ