२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशस्वास्थ्य प्राथमिकतामाः भवन निर्माणदेखि आईसीयु संचालनका लागि पहलसम्म

स्वास्थ्य प्राथमिकतामाः भवन निर्माणदेखि आईसीयु संचालनका लागि पहलसम्म


धनगढी—सुदूरपश्चिम प्रदेश सरकारले जनता लक्षित, जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने कार्यहरु गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ सेवा प्रदान गर्न सहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य इकाई भवन निर्माणदेखि अस्पतालमा रहेका आईसीयु संचालनका लागि पहल गरेको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले स्थानीय तहहरुलाई प्रसुती केन्द्रको लागि भवन निर्माण सहयोग, १६ वटा निर्वाचन क्षेत्रलाई सुविधासम्पन्न उपकरणजडित एम्बुलेन्स वितरण, प्रदेशका ९ वटै जिल्लामा विशेषज्ञ स्वास्थ्य शिविर, आधारभूत स्वास्थ्य सेवालाई सुदृढीकरण गर्न स्थानीय तहहरुलाई सहयोग गरी प्रदेश भित्रका ९ वटै जिल्लामा महिला तथा बालवालिका केन्द्रीत प्रजनन स्वास्थ शिविर संचालन गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा मातृ तथा बाल मृत्युदर घटाउन ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम संचालनमा ल्याइएको छ । ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमले सुदूरपश्चिम प्रदेशमा मातृ तथा बाल मृत्युदर घटाउनमा ठूलो भूमिका रहने स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले बताए ।

प्रदेश भित्रका स्वास्थ संस्थाहरुमा प्रयोगशाला विस्तार स्थापना गरी ९ वटै जिल्ला स्वयंसेविकाहरुलाई प्रोत्साहनका कार्यक्रमहरु संचालनमा ल्याइएको छ । प्रदेशका ९ जिल्लाका २९ स्थानीय तहहरुमा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्य कार्यक्रम ९ जिल्लाका ५९ स्थानीय तहहरु कार्यान्वयन भइरहेको छ ।

अछाम बझाङ र डोटीका जिल्ला अस्पतालहरुलाई नमुना अस्पतालको रुपमा विस्तार गर्ने लक्ष्य रहेको र सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पतालमा सिकलसेल एनिमिया ब्यवस्थापन कार्यक्रम लागु गरेको छ ।

समाजिक विकास मन्त्रालयले जटिल प्रसुतीहरुलाई हवाई एम्बुलेन्समार्फत उद्घार कार्य संचालनमा रहेको, दार्चुला कैलाली र कन्चनपुरमा पोषणका कार्यक्रमको विस्तार गरी प्रदेशलाई पूर्ण पोषणयुक्त प्रदेश बनाउने लक्ष्य रहेको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य निरिक्षक रमेश कुवँरले बताए ।

प्रदेश सरकारअन्र्तगत रहेका सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, टिकापुर अस्पताल को गुरुयोजना निर्माण बमोजिम अस्पताहरुको सेवा सुदृढीकरण कार्य भैरहेको, ९ वटै जिल्ला अस्पतालबाट एम्बुलेन्स तथा शव बाहनको सेवा र ९ वटै अस्पतालहरुमा भिडियो कन्फ्रेन्स सेट अप प्रक्रियामा रहेको जनस्वास्थ्य निरीक्षक कुवँरले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले आयुर्वेद स्वास्थ्य संस्थाबाट स्वस्थ जीवन र पूर्व कर्म पञ्चकर्म सेवा निरन्तर प्रवाह गरिरहेको, प्रदेशअन्र्तगतका आयुर्वेद स्वास्थ्य संस्थाबाट योग सेवा प्रवाह, ४२ आयुर्वेद स्वास्थ्य संस्थाहरुबाट आयुर्वेद स्वास्थ्यकर्मीलाई योग, फिजियोथेरापी, पूर्वकर्म पञ्चकर्म तालिम संचालनमा रहेको सामाजिक विकास मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. चेतराज जोशीले बताए ।

प्रदेश सरकारले गौरी गंगा नगरपालिकाअन्र्तगत ‘हर्बल गार्डेन’को निर्माण कार्यान्वयनको चरणमा रहेको र ४२ आयुर्वेद स्वास्थ्य संस्थाबाट आ.व ०७५÷ ०७६ मा करिब २ लाख बिरामी आयुर्वेद सेवाबाट लाभान्वित भएको प्रमुख डा. जोशीले बताए ।

प्रदेश सरकारका स्वास्थ्य क्षेत्रका नीतिगत काम

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका नागरिकलाई स्वस्थ बनाउन विभिन्न नीतिगत कार्य गरेको र कार्यान्वयनको चरणमा रहेका छन् । प्रदेश सरकारले प्रदेश जनस्वास्थ ऐन— २०७६ को मस्यौदा तयार गरेको, विभिन्न कार्यक्रम निर्देशिका कार्यान्वयनको चरणमा रहेको सामाजिक विकास मन्त्रालयका ंंजनस्वास्थ महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए ।

नीतिगत काम र कार्यक्रम

१) जनस्वास्थ्य ऐन—२०७६ को मस्यौदा तयार
२)अस्पताल सेवा सुदृढीकरण निर्देशिका—२०७६
३) स्वास्थ्य संस्था भवन निर्माण कार्यविधि—२०७६
४) सेवा करारमा स्वास्थकर्मी व्यवस्थापन सम्बन्धी मापदण्ड—२०७६
५) स्वास्थ्य कार्यक्रम संचालन निर्देशिका—२०७६
६) सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान ऐन—२०७६
७) आर्थिक रुपले विपन्न नागरीक औषधि उपचार आर्थिक सहायता निर्देशिका—२०७६
८) प्रदेश स्वास्थ्य प्रवर्द्धन रणनीति—२०७६
९) मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ कार्यक्रम निर्देशिका—२०७६
१०) विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यविधि—२०७६
११) विस्तारित स्वास्थ्य सेवा संचालन कार्यविधि—२०७६
१२) क्षयरोग उपचार प्रेषण ब्यवस्थापन तथा अनुसन्धान केन्द्र स्थापना तथा संचालन मापदण्ड सम्बन्धि निर्देशिका—२०७६


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ