गृहपृष्ठ ∕ योग ∕ तनावमुक्त गराउने यी दुई योगासन तनावमुक्त गराउने यी दुई योगासन हेल्थ आवाज शनिबार, २०७८ पुस २४ गते, ०५:२८ मा प्रकाशित वृक्षको जस्तो माथि फैलिएर स्थिर रहने भएकाले यो आसनालाई वृक्षासन भनिन्छ । यो सन्तुलन कायम गर्ने आसनको वर्गमापर्छ । कुनै क्षेत्रमा सफलता प्राप्त गर्नको लागीलागि मन र तनलाई एकजुट र सन्तुलित हुन जरूरी छ। यस्तै, ताडासन एक योग अभ्यास हो जसले मांसपेशिहरुमा मात्र नभई सूक्ष्मातिसूक्ष्म मांसपेशीहरूमा पनि लचिलोपन निर्माण गर्दछ। र यस आसन ले शरीरलाई हल्का र आरामदायी बनाउन को साथ -साथ ढीला बनाउनमा ठूलो भूमिका खेल्दछ। वृक्षासन गर्ने विधि दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ बायाँ राखी उभिनुहोस् । अब उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पैतालालाई तिघ्राको भित्री भागमा अड्याएर राख्नुहोस् । दुवै हातलाई नमस्कार मुद्रामा ल्याई एकैछिन शरीरलाई सन्तुलनमा राखी अडिनुहोस् । श्वास लामो गर्दै अगाडिको कुनै बिन्दुमा ध्यान केन्द्रित गर्दै रहनुहोस् । बिस्तारै श्वास लिँदैहातलाई टाउको माथि नमस्कार मुद्रामा नै राखी तन्काउनुहोस् । यस अवस्थामा हलचल नगरी वृक्षजस्तै स्थिर रहनुहोस् । यो आँखा खोलेर र अभ्यस्त हुँदै गएपछि आँखा बन्द गरेर पनि अभ्यास गर्न सकिन्छ । केहीबेर बसेपछि खुट्टा खोल्नुहोस् र पुनः बायाँ खुट्टाले टेकेर र दायाँलाई खुम्चाएर पहिले जस्तै सिलसिलाबद्ध अभ्यास गर्नुहोस् । फाइदा वृक्षासनको नियमित अभ्यासले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र स्मरण शक्ति बढाउन मदत मिल्छ । तनाव, रिस, मानसिक चञ्चलता आदि घटाउन यो आसन सहयोगी छ । रक्त संचार प्रवाह गर्न मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने । यो आसनले खुट्टालाई बलियो र सबल बनाउँछ । ताड़ासन गर्ने सरल विधि यसको लागी सबैभन्दा पहिला सिधा भएर उभिनुहोस र आफ्नो ढाड, कमर एवं गर्दन सीधा राख्नुहोस । अब आफ्नो दुवै हातहरु फैलाएर माथि गर्दै टाउको माथि ल्याउनुहोस र दुबै हातका औलाहरु एक आपसमा जोड्दै सङ्लो बनाएर माथितिर फर्काउदै, सांस लिदै बिस्तारै बिस्तारै पुरै शरीरलाई तन्काउनुहोस् | खिंचाव (तन्काई) लाई खुट्टाको औलाहरुबाट लिएर हातको औलाहरुसम्म महसूस गर्नुहोस । केहिबेर यो अवस्थामा बस्नुहोस र लामो तथा गहिरो श्वास लिने र छोड्ने गर्दै अनुभव महसूस गर्नुहोस । अब फेरी श्वास छोड्दै आफ्नो हात र शरीरलाई पहिलाकै अवस्थामालिएर आउनुहोस। यसरी यो एक चक्र पूरा भयो । यसलाई ३-४ चोटी अभ्यास गर्नुहोस । ताडासनका फाइदा शरीरको उचाई बढ़ाउछ, शरीरको वजन कम गर्छ , पीठ्युको दुखाई कम गर्छ , स्नायु एवं मांसपेशीकोदुखाई कम गर्छ, ताड़ासनले खुट्टामा मजबूती प्रदान गर्दछ, र, सम्पूर्ण शरीरको दुखाई र पीडाको लागी खाई धेरै हदसम्म कम गर्न सकिन्छ । सावधानी बढी मोटोपना र घुँडा दुखेको अवस्थामा अभ्यास नगर्नुहोस् । -स्रोत : राष्ट्रिय योगाक्रम पुस्तकबाट क्याटेगोरी : योग, वैकल्पिक चिकित्सा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कपाल झर्ने समस्याको लागि लाभदायी योगासन पाखुराको बोसो कम गर्न उपयुक्त योगासन महिनावारीमा पेट दुखाई कम गर्ने योगासन युवाहरुका लागि ऊर्जावान योगासन बच्चाको उचाइका लागि फाइदाजनक योगासन मन र मस्तिष्कको तनाव कम गर्न गर्नुहोस् यी योगासन धेरै पढिएका १ अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरूको ‘क्याम्स’ क्लिनिक नयाँ बानेश्वरमा २ करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया ३ हेड एन्ड नेक क्यान्सरका एक्ला सर्जन डा. ऋषिकेश ठाकुर ४ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ५ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ६ स्त्रीरोग विशेषज्ञ डा. सुवि बस्न्यातलाई गंगादेवी शान्ति पुरस्कार ७ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ट्रेण्डिङ के हो ‘भेरिकोज भेन’ ? यसबाट कसरी बच्ने ? स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द सानालाई ऐन ठूलालाई चैन : बागमती स्वास्थ्य निर्देशनालयका हाकिमको काज फिर्तामा आनाकानी चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरूको ‘क्याम्स’ क्लिनिक नयाँ बानेश्वरमा गृहनगरका चर्चित न्यूरो सर्जन डा. पंकजराज दश जिल्लामा डेंङ्गी संक्रमण तीव्र गतिमा बढ्दै, सुनसरीमा सबैभन्दा बढी के हो ‘भेरिकोज भेन’ ? यसबाट कसरी बच्ने ? स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द सानालाई ऐन ठूलालाई चैन : बागमती स्वास्थ्य निर्देशनालयका हाकिमको काज फिर्तामा आनाकानी चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरूको ‘क्याम्स’ क्लिनिक नयाँ बानेश्वरमा गृहनगरका चर्चित न्यूरो सर्जन डा. पंकजराज दश जिल्लामा डेंङ्गी संक्रमण तीव्र गतिमा बढ्दै, सुनसरीमा सबैभन्दा बढी