गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा संक्रमण पुष्टि हुने सुरक्षाकर्मीको संख्या १८५ पुग्यो कर्णालीमा संक्रमण पुष्टि हुने सुरक्षाकर्मीको संख्या १८५ पुग्यो चन्द्रा कँडेल आईतबार, २०७७ असोज ४ गते, १९:०८ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा कोभिड-१९ पहिलोपटक गत जेष्ठ ५ गते दैलेख आठबिस नगरपालिकाका ३५ बर्से पुरुषमा देखिएको थियो । त्यसपछि कर्णालीमा कोरोना संक्रमणको ग्राफ १ पछि अर्को गर्दै विस्तारै उकालो लाग्न थाल्यो । कर्णाली प्रदेशमा हालसम्म ३ हजार १ सय ३६ जना संक्रमित पुगेका छन् । गएको शनिबार मात्र ४४ जनामा कोरोना संक्रमण पुष्ठि भयो । भने आइतबार २९ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । जसमध्ये हालसम्म १ सय ८५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म प्रदेशभर कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका १ सय ८५ जना नेपाल प्रहरीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ७१ जना निको भइ नियमित काममा फर्किसकेको प्रदेश प्रहरी कार्यालयका प्रवक्क्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपि) राजेशनाथ बास्तोलाले जनाकारी दिए । साथै १४ जना उपचारार्थ रहेको उनको भनाइ छ । प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयको गएको भदौ ३१ गते सम्मको तथ्यांक अनुसार शसस्त्र प्रहरीबलका ३१ जनामा कोरोना संक्रमण पुष्ठि भएको थियो । साथै नेपाल आर्मी तर्फमा मात्रै ७० जनामा कोरोना संक्रमण पुष्ठि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । विभिन्न अपराधमा संलग्न अभियुक्त पक्राउ गर्न र नियमित सुरक्षा कार्यका लागि सडकमा खटिएनु पर्ने भएकाले सुरक्षाकर्मी संक्रमित हुने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्क्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक बास्तोलाको भनाइ छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’