२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ धनुषाको बटेश्वर गाउँपालिकामा गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहार वितरण

धनुषाको बटेश्वर गाउँपालिकामा गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहार वितरण


धनुषा—धनुषाको बटेश्वर गाउँपालिकाका पाँच सय गर्भवती तथा सुत्केरीहरुलाई पौष्टिक आहार प्रदान गरिएको छ । गाउँपालिकाले गर्भवती तथा सुत्केरीहरुलाई आइरनका साथै पौष्टिक आहारको आवश्यकता महसुस गरेर पौष्टिक आहार वितरण गरेको छ ।

पालिकाले पाँच वटै वडा कार्यालय मार्फत बिहीवार गर्भवती तथा सुत्केरीलाई क्यालसीयम चक्की, होरलिक्स र लाइफ ब्वाई साबुन प्रदान गरेको बटेश्वर गाउँपालिकाका प्रमुख डम्बरबहादुर राउत क्षेत्रीले बताए ।

बटेश्वर गाउँपालिका—४ का गर्भवती तथा सुत्केरीहरुलाई पालिकाबाट पालिका प्रमुख डम्बरबहादुर राउत क्षेत्री र पालिका उपप्रमुख प्रमिला देवी सिंहलगायतका स्वास्थ्य क्षेत्रका कर्मचारीहरुले पौष्टिक आहार तथा सावुन प्रदान गरेको हुन् ।

पालिकामा पौष्टिक आहार वितरण कार्यक्रममा आएकी गर्भवती तथा सुत्केरीहरुले होरलिक्स, सावुन र क्यालसियम चक्की पाएपछि खुशी व्यक्त गरेको पालिका उपप्रमुख प्रमिला सिंहले बताइन ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ