२०८३ असोज २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बयलपाटा अस्पतालमा १० गम्भीर कोरोना संक्रमितको उपचार हुँदैं

बयलपाटा अस्पतालमा १० गम्भीर कोरोना संक्रमितको उपचार हुँदैं


अछाम–अछामको बयलपाटा अस्पतालमा १० जना गम्भीर कोरोना संक्रमितको उपचार भइरहेको छ । बयलपाटा अस्पतालका निर्देशक डा. मन्दीप पाठकले अहिले अस्पतालमा अक्सिजन दिनुपर्ने १० जना कोरोना संक्रमितको उपचार भइरहेको बताए ।

‘सिमित स्रोत र साधनका बाबजुद पनि अहिले अस्पतालमा २० जना संक्रमितको छन्,’ हेल्थआवाजसँग उनले भने, ‘जसमध्ये १० जना अक्सिजन दिनुपर्ने गम्भीर कोरोना संक्रमितको उपचार भइरहेको छ ।’

बयलपाटा अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छ । उनले अक्सिजन चाहिने थप १० जना बिरामीको उपचार गर्न सकिने जानकारी दिए । अक्सिजन कन्सन्टेटरको भने अभाव रहेको डा. मन्दीपले बताए ।

दुर्गमका बासिन्दाले गुणस्तरीय सेवा दिदैं आएको बयलपाटा अस्पताल पछिल्लो समय आर्थिक समस्या भोग्दै आएको छ । जसका कारण अहिले पनि अस्पताललाई चल्न गाह्रो भइरहेको छ । ‘सर्जिल सप्लाईहरुको अभाव भएको छ,’ उनले भने ।

अस्पतालमा डा. मन्दीप कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन हुन् । उनीबाहेक मेडिकल अफिसर ५ जना, १२ जना हेल्थ अस्टिेन्ट र ११ जनाको सिएम टिम अस्पतालमा कार्यरत छ । यस्तै, अस्पतालमा २१ जना स्टाफ नर्स छन् ।

अस्पतालले कोभिड बाहेक ननकोभिड सेवाहरु पनि जारी राखेको उनले बताए । ‘हालैमात्र हामीले १५ वटा शल्यक्रिया गरेका छौं,’ उनले भने, ‘जिल्लाभरिका अर्थोपेडिक केसहरु आइरहेका छन् ।’ सर्जिकल सप्लाईको अभावका कारण अहिले शल्यक्रिया गाह्रो परिरहेको उनले बताए ।

अक्सिजनसहितको एउटा मात्रै एम्बुलेन्स अस्पतालसँग भएकाले त्यो सुचारु नरहँदा अस्पताललाई समस्या पर्ने गरेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ