२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशबयलपाटा अस्पतालमा १० गम्भीर कोरोना संक्रमितको उपचार हुँदैं

बयलपाटा अस्पतालमा १० गम्भीर कोरोना संक्रमितको उपचार हुँदैं


अछाम–अछामको बयलपाटा अस्पतालमा १० जना गम्भीर कोरोना संक्रमितको उपचार भइरहेको छ । बयलपाटा अस्पतालका निर्देशक डा. मन्दीप पाठकले अहिले अस्पतालमा अक्सिजन दिनुपर्ने १० जना कोरोना संक्रमितको उपचार भइरहेको बताए ।

‘सिमित स्रोत र साधनका बाबजुद पनि अहिले अस्पतालमा २० जना संक्रमितको छन्,’ हेल्थआवाजसँग उनले भने, ‘जसमध्ये १० जना अक्सिजन दिनुपर्ने गम्भीर कोरोना संक्रमितको उपचार भइरहेको छ ।’

बयलपाटा अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छ । उनले अक्सिजन चाहिने थप १० जना बिरामीको उपचार गर्न सकिने जानकारी दिए । अक्सिजन कन्सन्टेटरको भने अभाव रहेको डा. मन्दीपले बताए ।

दुर्गमका बासिन्दाले गुणस्तरीय सेवा दिदैं आएको बयलपाटा अस्पताल पछिल्लो समय आर्थिक समस्या भोग्दै आएको छ । जसका कारण अहिले पनि अस्पताललाई चल्न गाह्रो भइरहेको छ । ‘सर्जिल सप्लाईहरुको अभाव भएको छ,’ उनले भने ।

अस्पतालमा डा. मन्दीप कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन हुन् । उनीबाहेक मेडिकल अफिसर ५ जना, १२ जना हेल्थ अस्टिेन्ट र ११ जनाको सिएम टिम अस्पतालमा कार्यरत छ । यस्तै, अस्पतालमा २१ जना स्टाफ नर्स छन् ।

अस्पतालले कोभिड बाहेक ननकोभिड सेवाहरु पनि जारी राखेको उनले बताए । ‘हालैमात्र हामीले १५ वटा शल्यक्रिया गरेका छौं,’ उनले भने, ‘जिल्लाभरिका अर्थोपेडिक केसहरु आइरहेका छन् ।’ सर्जिकल सप्लाईको अभावका कारण अहिले शल्यक्रिया गाह्रो परिरहेको उनले बताए ।

अक्सिजनसहितको एउटा मात्रै एम्बुलेन्स अस्पतालसँग भएकाले त्यो सुचारु नरहँदा अस्पताललाई समस्या पर्ने गरेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ