२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपत्रकार महासंघ जुम्लाको भवनमा पाँच बेडको आइसोलेसन

पत्रकार महासंघ जुम्लाको भवनमा पाँच बेडको आइसोलेसन


जुम्ला–नेपाल पत्रकार महासंघ शाखा जुम्लाले कोरोना संक्रमित पत्रकारका लागि आइसोलेसन कक्ष निर्माण गरेको छ । पत्रकार महासंघको भवनमा पाँच बेडको आइसोलेसन कक्ष बनेको हो ।

अहिलेसम्म जुम्लामा पत्रकार संक्रमित नभएपनि आगामी दिनमा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आइसोलेसन कक्ष तयार पारिएको अध्यक्ष नेत्रबहादुर शाहीले बताए ।

सदरमुकाम खलंगास्थित महासंघले आफ्नै भवनमा पाँच बेडको आइसोलेसन कक्ष तयार गरेको हो । अध्यक्ष शाहीले भने, ‘हालसम्म जुम्लामा कार्यरत स्थानीय तथा राष्ट्रियस्तरमा काम गर्ने कुनै पत्रकालाई संक्रमण देखिएको छैन । तर, पत्रकार संक्रमणको उच्च जोखिममा रहेका छन् ।’

तत्कालका लागि पाँच बेडको आइसोलेसन कक्ष तयार पारिएको बताउँदै उनले आवश्यकताअनुसार आइसोलेसन बेड थप्ने जानकारी दिए ।
जुम्लामा कार्यरत अधिकांश पत्रकार कोठा भाडामा बस्छन् । संक्रमित भइहालेमा पनि भाडाकै कोठामा बस्न सम्भव छैन् । अस्पतालले अक्सिजन दिनुपर्ने संक्रमितबाहेक अरुलाई भर्ना लिने गरेको छैन ।

महासंघको भवनमा आइसोलेसन बनाउनका लागि पेस नेपाल जुम्ला नामक गैरसरकारी संस्थाले आर्थिक सहयोग गरेको हो । पेस नेपाल जुम्लाले पाँच वटा फाइबर सिरक, १० वटा डस्ना, ५ वटा सिरानी, ३० मिटर पीपी फर्म, ५ वटा तन्ना, ५ वटा बाटा, ५ वटा जग, ५ वटा गिलास, ५ वटा बाल्टीन र ५ वटा रुमाल गरी करिब ५० हजार बराबरको ९ प्रकारका सामाग्री उपलब्ध गराएको हो ।

कोरोना महमारीबाट सुरक्षित रहन आइसोलेसन निर्माणका लागि थोरै भएपनि साथ दिने प्रयास गरेको पेस नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपाने बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ