२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशज्वरो र रुघा देखिए कोरोना परीक्षण गर्नु : स्वास्थ्यकर्मी

ज्वरो र रुघा देखिए कोरोना परीक्षण गर्नु : स्वास्थ्यकर्मी


जुम्ला–रुघाखोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । रुघा र ज्वरो मात्रै भएकालाई पनि कोभिड–१९ संक्रमण पुष्टि भएको भन्दै स्वास्थ्यकर्मीहरुले यस्ता समस्या देखिएमा कोभिड परीक्षण गर्न सुझावका दिएका हुन् ।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाअनुसार सामान्य लक्षण हुँदै उपचार गराएमा निको हुने तर समस्या बढेपछि बचाउन नै गाह्रो पर्ने भएकाले रुघाखोकी वा ज्वरो त हो भनेर घरमा नबस्न आग्रह गरे । उनले छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने बताए ।

‘अहिले रुघाखोकी र ज्वरो आएका रहेक पाँच जनालाई कोभिड–१९ परीक्षण गर्दा चार जनामा संक्रमण देखिने गरेको छ । यसले गर्दा रुघाखोकी र ज्वरो आएका हरेक नागरिक कोभिड–१९ संक्रमति हुन् भन्ने कुरा बुझ्न जरुरी छ,’ उनले भने ।

पहिलो लहरमा कोभिड–१९ ले युवालाई कम प्रभाव पारेकोमा दोस्रो लहरमा धेरै युवालाई समस्यामा पारेको छ । अझ तेस्रो लहरमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

जुम्लामा कोभिड–१९ संक्रमितको संख्या ३२३ पुगेको छ । यसमध्ये ११९ जनालाई निको भइसकेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ