गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ नवजीवन अस्पतालले भन्यो—विशेषज्ञको हर प्रयासबाट पनि सुत्केरीलाई बचाउन सकिएन् नवजीवन अस्पतालले भन्यो—विशेषज्ञको हर प्रयासबाट पनि सुत्केरीलाई बचाउन सकिएन् हेल्थ आवाज आईतबार, २०७८ असोज १० गते, १२:५८ मा प्रकाशित धनगढी—कैलालीको धनगढीस्थित नवजीवन अस्पतालले विशेषज्ञ चिकित्सहरुसहित हरसम्भव प्रयास गर्दा पनि सुत्केरी महिलालाई बचाउन नसकिएको जनाएको छ । आइतबार विहान डोटी शिखर—०६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो । त्यसपछि नवजीवन अस्पतालमा तनाव भएको थियो । तनाव भएपछि अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनलाई शनिबार विहान १० बजे पेट दुखेर अस्पताल भर्नाको भएको ३९ हप्ताकी गर्भवती मल्लको पाठेघरको मुख नरम मात्रै भएर एक घर खुलेको र औषधीले अर्को घर खुलाइएको उल्लेख गरेको छ । त्यसपछि बच्चाको धडकन कम हुँदैं गएको र आमामा बच्चा जन्माउने बल नपुगेपछि भ्याकुम प्रयोग गरेर ११:४४ मा डेलिभरी गराइएको थियो । त्यसक्रममा पाठेघरको मुख फराकिता बनाउन इपिसियोटोमी एक्सटेन्डेड टियर दिइएको अस्पतालले जनाएको छ । इपिसियोटोमी एक्सटेन्डेड टियरलाई सिलाउनका प्रयास गर्दा उनले असहज महसुस गरेपछि एनेस्थेसियालाई बोलाएर टाका सिलाउने काम गरिएको र त्यसक्रममा अत्याधिक रक्तस्राव भएको थियो । रक्तस्राव नरोकिएपछि अन्य विभिन्न प्रयास गर्दा पनि बिरामीलाई कार्डियाक एरेष्ट भएर मृत्यु भएको र उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । गर्भवती भएदेखि नै मल्ल नियमित रुपमा नवजीवन अस्पतालमा गर्भजाँच गराउँदैं आएकी थिइन् । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन क्षयरोगमुक्त नेपाल बनाउने नयाँ मोडलका परिकल्पनाकार खनाल जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन क्षयरोगमुक्त नेपाल बनाउने नयाँ मोडलका परिकल्पनाकार खनाल