२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशगेटा मेडिकल कलेजलाई बेवास्ता, डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न अग्रसर प्रधानमन्त्री

गेटा मेडिकल कलेजलाई बेवास्ता, डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न अग्रसर प्रधानमन्त्री

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै दबाब अभियान सुरु


धनगढी—प्रधानमन्त्री शेरबहादुर देउवा कैलालीको गेटामा पूर्वाधार बनिसकेको गेटा मेडिकल कलेज सञ्चालनलाई बेवास्ता गरेर गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्नेतर्फ बढी अग्रसर देखिएका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने कुरा समेटिएको छ ।

तर, उक्त नीति तथा कार्यक्रममा पूर्वाधार बनिसकेर सञ्चालनको पर्खाइमा रहेको प्रधानमन्त्री देउवाकै प्रदेश राजधानी रहेको कैलालीको गेटा मेडिकल कलेजलाई भने बेवास्ता गरिएको छ । कानुन अभावका कारण सञ्चालनमा आउन नसकेको गेटा मेडिकल कलेजलाई नीति तथा कार्यक्रममै नसमेटिएपछि कैलालीका स्थानीयहरु आन्दोलित बनेका छन् ।

बुधबारबाट गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित संघर्ष समितिले दबाब अभियान सुरु गरेको छ । संघर्ष समिति र युवाहरुको समूहले दबाबस्वरुप अत्तरियामा चक्काजाम गरेका छन् । उनीहरुले करिब एक घण्टा चक्काजाम गरेका थिए।

सञ्चालनको पर्खाइमा रहेको गेटा मेडिकल कलेजलाई सरकारले वेवास्ता गरिएको उनीहरुको भनाइ छ। निर्माण गरिएका संरचना अलपत्र पर्ने गरी सरकारले वेवास्ता गरिरहेकाले दबाब अभियान थालिएको अभियानकर्मीहरुले बताएका छन् ।

भौतिक संरचना नै तयार भएर सञ्चालन हुन नसकेको गेटा मेडिकल कलेजका विषयमा भने सरकारले मौनता साँधिरहेको छ । गेटा मेडिकल कलेजको २०७३/०७४ सालबाट निर्माण थालिएकोमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएपनि सञ्चालनमा आउन सकेको छैन।

०४४ सालतिर शंकराचार्यले गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै केही जग्गा किनेका थिए र सानो घर पनि बनाएका थिए। उनै शंकराचार्यले वि.संं. २०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गरे। त्यही वर्ष सरकारले गेटा आँखा अस्पताल अगाडिको ७७ विगाहा जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रस्टको नाममा हस्तान्तरण गरेको थियो ।

तर, ७ वर्षसम्म मेडिकल कलेज निर्माणको प्रक्रिया अगाडि बढेन। वि.सं. ०६२ मा स्थानीयलाई त्यस क्षेत्रमा सामुदायिक वन जगेर्ना गर्न भनियो । वि.सं. ०६५ मा सरकारले पहिलो पटक गेटा मेडिकल कलेजका लागि एक करोड बजेट विनियोजन गरेको थियो। त्यसपछि गेटा मेडिकल कलेजको स्थापनाका कामहरु अगाडि बढेका थिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ