२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशउद्योगमा कार्यरत श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण

उद्योगमा कार्यरत श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण


धनगढी— श्रमिक दिवसको अवसरमा उद्योगमा कार्यरत श्रमिकहरुलाई निः शुल्क स्वास्थ्य उपचारसँगै औषधि वितरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको श्रम तथा रोजगार शाखाले कैलालीको गेटास्थित लक्ष्मी कत्था उद्योग र कंचनपुरको पुर्नवासको भागेश्वर सुगरमिलमा कार्यरत श्रमिकहरुको स्वास्थ्य परीक्षणसँगै औषधि वितरण गरेको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार गेटा स्थित लक्ष्मी कत्था उद्योगमा कार्यरत १सय ८ पुरुष र ७५ महिला गरी १८३ जनाको स्वास्थ्य परीक्षण गरिएको । त्यसैगरी, पुर्नवासको भागेश्वर सुगरमिलमा कार्यरत १ सय २२ पुरष र ४४ महिला गरी १ सय ५६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

उनीहरूको फिजिसियन डाक्टरबाट सामान्य स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श, सुगर, प्रोटिन र पिसाबको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । बैशाख १८ अर्थात मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैं आएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ