धनगढी—अत्तरियास्थित विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख सत्यराज जोशी नेतृत्वको संयुक्त अनुगमन टोलीले कैफियत भेटाएपछि २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।
निर्देशनालयको अगुवाईको टोलीमा स्वास्थ्य कार्यलय प्रमुख, जिल्ला प्रशासन कार्यलयका प्रतिनिधी, इलाका प्रहरी कार्यलय मालाखेतीको प्रहरी प्रतिनिधी, गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रहेका थिए । यस्तै, टोलीले अत्तरिया हेल्थकेयर, सुदूरपश्चिमाञ्चल सामुदायिक हस्पिटल, आराम फिजियोथेरापी एण्ड रियाबिलिटेसन सेन्टरलाई सामान्य निर्देशन दिएको थियो । दिपु सुवेदी मेडिकल हललाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
अनुगमनका क्रममा संस्थाले इजाजत पत्र लिएको/नवीकरण गरेको वा नगरेको, लागु/मनोद्विप औषधि बिक्रि गरेको वा नगरेको, म्याद गुज्रेका औषधिको प्रयोग, गैरकानूनी रुपमा भ्रुणको लिङ्ग पहिचान गर्ने गरेको वा नगरेको, स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ अनुसारको व्यवस्था कार्यान्वयन गरेको वा नगरेकोलगायतका सम्बन्धित विषय अवलोकन गरिएको स्वास्थ्य कार्यलय कैलालीले जनाएको छ ।
