धनगढी—सुदू्रपश्चिम प्रदेश सरकारले पहिलो पटक उपसचिव बढुवा गरेको छ । प्रदेश सरकारले कानुन निर्माण गरी सामान्य प्रशासन, स्वास्थ्य, शिक्षा, भेटनरी, लेखा, कृषि, भेटेनरी, इन्जिनियरिङका साथै अन्य सेवाका प्रदेशमा समायोजन भएका कर्मचारीहरुको बढुवा भएको हो ।
जसमध्ये स्वास्थ्य क्षेत्रको चिकित्सक, आयुर्वेद चिकित्सक, जनस्वास्थ्य अधिकृत स्वास्थ्य शिक्षा अधिकृतका साथै नर्सिङ अधिकृतको बढुवा गरेको हो ।
जसमध्ये जनस्वास्थ्य प्रशासक, स्वास्थ्य शिक्षा प्रशासक, ईएनटी सर्जन, मेडिकल सुपरिटेन्डेन्ट, कन्सल्टेन्ट आयुर्वेद विज्ञसँगै अस्पताल नर्सिङ प्रशासकको विभिन्न प्रक्रियाबाट बढुवा गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले उपसचिव पदमा बढुवा गर्नेमा चिकित्सकमा डा. ज्योति पाण्डेय, डा . सन्दिपकुमार ओखेडा र आयुर्वेद चिकित्सक डा. खगेन्द्र बम रहेका छन् । त्यसैगरी, जनस्वास्थ्य प्रशासकमा बढुवा हुनेमा झनकराज ढुंगाना र ओम प्रकाश जोशी रहेका छन् । स्वास्थ्य शिक्षा प्रशासक पदमा बढुवा हुनेमा हेमराज खड्का रहेका छन् भने अस्पताल नर्सिङ प्रशासकमा सिमा शर्मा रहेकी छिन् ।
त्यसैगरी, स्वास्थ्यतर्फको उपसचिव पदमा बढुवा सिफारिस हुनेमा थप ३ जना रहेका छन् । सिफारिस हुनेमा वरिष्ठ जनस्वास्थ्य अधिकृतद्वय रमेश कुवँर, रमेश मलासी र अस्पताल नर्सिङ प्रशासकमा कमला बिष्ट रहेका छन्।
आठौं तह भएको १८ वर्षपछि बढुवा
सुदूरपश्चिम प्रदेशमा एक आयुर्वेद चिकित्सकको आठौं तह भएको १८ वर्षपछि उपसचिवस्तर आयुर्वेद कन्सल्टेन्ट विज्ञमा बढुवा भएको हो ।आयुर्वेद चिकित्सक डा. खगेन्द्र बमको कार्यक्षमता मुल्याङकनको आधारमा प्रदेश सरकारले बढुवा गरेको हो ।
स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशक रहेका आयुर्वैद चिकित्सक डा. बम वि.सं. २०६३ मा सरकारी सेवा प्रवेश गरी वि.सं. २०६४ मा आठौं तह भएका थिए ।