२०८२ पुस १७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशस्वास्थ्य जनचेतनाका लागि सुदूरपश्चिमका तीन जिल्ला नाटक मञ्चन हुँदैं

स्वास्थ्य जनचेतनाका लागि सुदूरपश्चिमका तीन जिल्ला नाटक मञ्चन हुँदैं


धनगढी—सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा स्वास्थ्य सचेतनाका लागि नाटक मञ्चन हुने भएको छ । बुधबार डडेल्धुराको आलीताल गाउँपालिकाको प्राङगणबाट सो नाटक सुरु भएको छ ।

विकास जोशीले निर्देशन गरेको उक्त नाटकमा कम उमेरमा विवाहमा र गर्भधारण, मानसिक स्वास्थ्य पेस्टीसाइडहरुको अत्याधिक प्रयोग र छाउपडी र यसका समस्याहरुबारे जनचेतना जगाउन नाटक मञ्चन गरिरहेको आयोजकले जनाएको छ ।

जीआई जेड र मण्डला थिएटरको साझेदारीमा सुदूरपश्मिम प्रदेशका डडेल्धुरा, बाजुरा र अछामका स्थानीय तहका कार्यालयसँगै वडा कार्यालयहरुमा नाटक मञ्चन गरिनेछ ।

१६ पुसबाट डडेल्धुराको आलीताल गाउँपालिकामा नाटक सम्पन्न भएको छ भने १७ पुसमा आलीताल वडा नं ८ डोला र १८ पुसमा आलीताल वडा नं ४ घरेलुमा उक्त नाटक मञ्चन गरिनेछ ।

त्यस्तै, २० पुसमा बाजुराको त्रिवेणी नगरपालिकाको प्रांणगणमा, २१ पुसमा त्रिवेणी वडा नं २ र २२ पुसमा त्रिवेणी वडा नं ८ जनचेतनामूलक नाटक मञ्चन गरिनेछ ।

त्यसैगरी, २५ पुमा पञ्चदेवल विनायक नगरपालिकाको प्रांणगणमा, २५ पुसमा पञ्चदेवल विनायक वडा नं ८ र २६ पुसमा पञ्चदेवल विनायक वडा नं ९ मा नाटक मञ्चन हुने आयोजकले जानाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ