२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ स्वास्थ्य जनचेतनाका लागि सुदूरपश्चिमका तीन जिल्ला नाटक मञ्चन हुँदैं

स्वास्थ्य जनचेतनाका लागि सुदूरपश्चिमका तीन जिल्ला नाटक मञ्चन हुँदैं


धनगढी—सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा स्वास्थ्य सचेतनाका लागि नाटक मञ्चन हुने भएको छ । बुधबार डडेल्धुराको आलीताल गाउँपालिकाको प्राङगणबाट सो नाटक सुरु भएको छ ।

विकास जोशीले निर्देशन गरेको उक्त नाटकमा कम उमेरमा विवाहमा र गर्भधारण, मानसिक स्वास्थ्य पेस्टीसाइडहरुको अत्याधिक प्रयोग र छाउपडी र यसका समस्याहरुबारे जनचेतना जगाउन नाटक मञ्चन गरिरहेको आयोजकले जनाएको छ ।

जीआई जेड र मण्डला थिएटरको साझेदारीमा सुदूरपश्मिम प्रदेशका डडेल्धुरा, बाजुरा र अछामका स्थानीय तहका कार्यालयसँगै वडा कार्यालयहरुमा नाटक मञ्चन गरिनेछ ।

१६ पुसबाट डडेल्धुराको आलीताल गाउँपालिकामा नाटक सम्पन्न भएको छ भने १७ पुसमा आलीताल वडा नं ८ डोला र १८ पुसमा आलीताल वडा नं ४ घरेलुमा उक्त नाटक मञ्चन गरिनेछ ।

त्यस्तै, २० पुसमा बाजुराको त्रिवेणी नगरपालिकाको प्रांणगणमा, २१ पुसमा त्रिवेणी वडा नं २ र २२ पुसमा त्रिवेणी वडा नं ८ जनचेतनामूलक नाटक मञ्चन गरिनेछ ।

त्यसैगरी, २५ पुमा पञ्चदेवल विनायक नगरपालिकाको प्रांणगणमा, २५ पुसमा पञ्चदेवल विनायक वडा नं ८ र २६ पुसमा पञ्चदेवल विनायक वडा नं ९ मा नाटक मञ्चन हुने आयोजकले जानाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ