गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बैतडीको झुलाघाटमा कोभिड-१९ सहायता कक्षा स्थापना बैतडीको झुलाघाटमा कोभिड-१९ सहायता कक्षा स्थापना हेल्थ आवाज आईतबार, २०७६ फागुन ११ गते, १३:४८ मा प्रकाशित बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोभिड-१९ जाँचका लागि ‘सहायता कक्ष’ स्थापना गरिएको छ। दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्त रुपमा सहायता आइतबार कक्ष स्थापना गरेको हो। झुलाघाट नाकाबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। सहायता कक्षमा भारतबाट फर्किने सबै नागरिकको स्वास्थ्य परीक्षण हुने जनाईएको छ। नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायता कक्षमा दुईजना स्वास्थ्यकर्मी खटाइएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए। कोरोना भाइरसको संक्रमणका बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको उनले बताए। स्वास्थ्य कार्यालय प्रमुख भट्टका अनुसार सहायता कक्षमा ज्वरो मापनका साथै दुई हप्ता अघिसम्म चीन गए नगएको बारेमा सोधपुछ गर्ने तथा रुघाखोकी लागे नलागेको बारेमा सोधपुछ हुनेछ। अत्यधिक ज्वरो आएका र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा छुट्टै कोठामा राख्ने व्यवस्था गरिएको समेत भट्टले जानकारी दिए। सीमाबाट फर्कने नागरिकमा कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि आज सहायता कक्ष स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए आँखाको दृष्टिका लागि फाइदाजनक योगासन ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए आँखाको दृष्टिका लागि फाइदाजनक योगासन ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट