२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटइसान अस्पतालद्धारा एक वर्षमा एक लाख ६० हजारको उपचार

इसान अस्पतालद्धारा एक वर्षमा एक लाख ६० हजारको उपचार


काठमाडौं–इसान महिला तथा बालअस्पतालले एक वर्षमा १ लाख ६० हजार बिरामीको उपचार गरेको छ । अस्पतालको २४औंं वार्षिकोत्सवको अवसरमा अस्पतालका निर्देशक आरपी चौधरीले अस्पतालले एक वर्षमा १ लाख ६० हजार बिरामीको उपचार गरेको जानाकारी दिए ।

अस्पताल अहिलेको अवस्थामा पुग्नु आफूहरुका लागि गौरव लागेको उनले बताए । अस्पतालले सुरुमा १५ शैयाबाट उपचार सेवा सुरु गरेको थियो । छोटो समयमा नै सफलता प्राप्त गर्नुमा अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य कर्मचारीको भूमिका महत्वपूर्ण भएको उनले बताए ।

अस्पतालले एक वर्षमा १४ सय जनाको शल्यक्रिया सम्पन्न गरेको छ । अस्पतालले नवजात शिशुको क्यान्सर, मृगौला र कार्डियोलोजी तथा नवजात शिशुदेखि १८ वर्षका बिरामीको शल्यक्रिया गरेको थियो ।

त्यस्तै, २५ प्रतिशत शल्यक्रिया महिलाको पाठेघरसंग सम्बन्धित थिए । ४७ जना वरिष्ठ विशेषज्ञद्धारा सेवा प्रदान गरेको अस्पतालले शुरुवातीदेखि नै चिकित्सा क्षेत्रमा महत्वपुर्ण योगदान दिदै आएको छ ।

अस्पतालले नवजात शिशुदेखि १८ वर्षसम्मका बालबालिका र महिलाको निम्ति कार्डियोलोजी, रेडियोलोजी, आँखा, नाक, कान, घाँटी, मृगौला, हातजोर्नी, दाँत, प्रसुती, छाला तथा यौन सम्बन्धित रोग र अन्य किसिमका समस्याको उपचार सेवाहरु प्रदान गर्दै आएका छ । अस्पतालमा विशेष प्रकारका खोपको पनि सेवा उपलब्ध छ ।

यस्तै, अस्पतालले अन्य ब्यक्तिका लागि ओपिडि, भर्ना, जनरल चेकअप, छाला, हाडजोर्नी तथा आखाँ सम्बन्धित उपचार सेबा पनि प्रदान गर्ने गरेको छ ।

निर्देशक चौधरीले इसान अस्पतालले आफ्नै नयाँ भवन बनाउन निर्माण सुरु गरेको छ । वार्षिकउत्सव कार्यक्रमम अस्पताललाई भावीका दिनहरुमा कसरी लैजाने र अझ सुविधामय बनाउन के गर्ने भन्ने विषयमा समेत छलफल गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ