२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटस्टार हस्पिटल र नेपाल ट्रक व्यवसायी महासंघबीच बिरामी उपचार सम्बन्धी सम्झौता

स्टार हस्पिटल र नेपाल ट्रक व्यवसायी महासंघबीच बिरामी उपचार सम्बन्धी सम्झौता


काठमाडौं—सानेपास्थित स्टार हस्पिटल लिमिटेड र नेपाल ट्रक व्यवसायी महासंघबीच बिरामीको उपचार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

मंगलबार स्टार अस्पतालका अध्यक्ष किशोरकुमार महर्जनको उपस्थितीमा अपरेशन प्रमुख (सिओओ) डा. सन्देश जिसी र ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बिरामीको उपचार सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

पब्लिक लिमिटेड स्टार अस्पताल र देशैभरि १४ वटा संघ रहेको महासंघबीच भएको सम्झौतापछि अब ट्रक व्यवसायी महासंघका कर्मचारी, सदस्य र तिनीहरूका परिवारले सहुलियतमा स्टार अस्पतालमा उपचार गर्न पाउनेछन् । यसैगरी, ट्रक व्यवसायी महासंघमा आवद्ध रहेका ट्रकबाट दुर्घटनामा परेका बिरामीहरुको उपचार पनि अब स्टार अस्पतालले गर्नेछ ।

‘हाम्रो अस्पताल र महासंघको सम्झौतापछि अब हामीले महासंघ कर्मचारी, सदस्य, उनीहरूका परिवार र ट्रक सञ्चालनका क्रममा दुर्घटनामा परेकाहरुलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराउनेछौं,’ सिओओ डा. जिसीले हेल्थआवाजसँग भने ।

सो अवसरमा अस्पतालकातर्फबाट सिएफओ विष्णुप्रसाद दाहाल र महासंघका महासचिव राजेन्द्रविक्रम बाँनिया साक्षी रहेका थिए ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ