२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटएभरेष्ट अस्पतालले नारी दिवसको दिन नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

एभरेष्ट अस्पतालले नारी दिवसको दिन नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने


काठमाडौं – नयाँबानेश्वरस्थित एभरेष्ट अस्पताल प्रा.ली.ले  नारी दिवसको दिन नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । २४ फागुन नारी दिवसको अवसरमा अस्पतालले विशेषगरी स्त्री रोगसँग सम्बन्धित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने भएको हो ।

वरिष्ठ स्त्री रोग तथा निसन्तान विशेषज्ञ डा. जोत्सनाशर्मा तथा ल्याप्रोस्कोपी सर्जन तथा निसन्तान विशेषज्ञ डा. राजन शाह र बेस्ट अनको सर्जनडा. विकास शाहले स्तर क्यानसरको नि:शुल्क ओपिडी सञ्चालन गर्ने भएका छन् । यस सेवा २४ गते विहान १० बजे देखि साँझ७ बजे सम्म सञ्चालन हुनेछ ।

स्त्री रोग तथा निसन्तान सम्बन्धि नि:शुल्क स्वास्थ्य परीक्षण र स्तनक्यान्सर सम्बन्धि सम्पूर्ण रोगको परामर्श जाचँ एवम् उपचार गरिनेछ । नेपाली समाजमा दिनप्रतिदिन बाजोपन तथा स्त्री रोगको समस्या तथा स्तनक्यानसरको समस्या दिनप्रतिदिन बढ्दो देखिएकोले एकदिने स्वास्थ्य शिविर सञ्चाल नगर्न लागिएको अस्पतालका प्रशासकीय प्रमुख दिपकचन्द्र बरालले बताए ।

उनकाअनुसार शिविरमा नि:शुल्क स्वास्थ्य परीक्षण र परामर्श साथै प्याप स्मेर जाँचगर्दा कुनै शुल्क नलाग्ने र अल्ट्रासउन्डमा ५० प्रतिशत र ल्याब टेस्टमा ३० प्रतिश, तर अन्य अस्पतालले दिने सेवा समेत ३० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ ।

पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया, बिरामीको पाठेघर निकाल्ने शल्यक्रिया, अण्डामा शिष्ट पलाएको, पाठेघर निकाल्ने शल्याक्रिया, लगायत स्त्री रोग सम्बन्धि कुनै पनि समस्या भएका र ल्याप्रोस्कोपी सर्जरीबाटबाटै अप्रेशन गर्नु नै पर्ने अवस्था आएमा पनि यस शिविरको दिन ३० प्रतिशत छुटको व्यावस्था ल्याएका अस्पतालले उल्लेख गरेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ