×
२०७७ फागुन १२, बुधबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठगण्डकी प्रदेशप्रतिवेदन सच्च्याउन फार्मेसी संघको माग

प्रतिवेदन सच्च्याउन फार्मेसी संघको माग


काठमाडौँ – गत वर्ष पेश भएको ‘गण्डकी प्रदेश संगठन तथा व्यस्थापन सर्वेक्षण प्रतिवेदन’मा उल्लेखित भाषाले चोट पुर्याएको भन्दै राष्ट्रिय फार्मेसी संघ गण्डकी प्रदेशले सो प्रतिवेदन सच्च्याउन माग गरेको छ।

सो प्रतिवेदन उल्लेख गरिएको फार्मेसी, स्वास्थ्य शिक्षा समूहलाई जनस्वास्थ्य समूहकृत गर्ने र ती पदहरु खारेज गर्न तथा फार्मेसी सेवालाई सेवा करारमा लिने, सो समूहमा कार्यरत कर्मचारी निवृत्तिभरण भएपछि सो समूह खारेज गर्ने भन्ने भाषाले फार्मेसी पेशालाई आघात चोट पुगे भन्दै संघले सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशलाई ध्यानाकर्षण गराएको हो।

संघले दिनानुदिन फार्मेसीको महत्व बढी रहेको बेलामा अभिन्न अंग बनेको फार्मेसी पेशालाई अरु क्षेत्रसँग मिलान गर्दै दरवन्दी खारेज गरिनु पर्छ भन्ने प्रतिवेदन औषधि एन २०३५ स्वास्थ्य एन २०७१ को मर्म तथा भावना विपरित रहेको जनाउँदै सच्याउन माग गरेको हो।

यसको साथै गण्डकी प्रदेश स्वास्थ्य संरचना गर्दा ‘ ‘जहाँ औषधि त्यहाँ फार्मेसिस्ट’ भन्ने विश्वव्यापी नीतिलाई अवलम्बन गर्दै औषधि सम्बन्धित निकायमा प्रयाप्त मात्रामा फार्मेसीका दरवन्दीहरु सृजना गर्न समेत अनुरोध गरेको छ।


क्याटेगोरी : गण्डकी प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस