२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशरिजनल अस्पताल अब एक सय शैय्याको हुने

रिजनल अस्पताल अब एक सय शैय्याको हुने


पोखरा  –  पोखरास्थित निजी अस्पताल रिजनल अस्पतालले आफ्नो क्षमता विस्तार गर्ने भएको छ । ५० शैय्याबाट सेवा दिइरहेको अस्पतालले शत प्रतिशत बेड थप गरी १ सय शैय्या पु¥याउने योजना बनाएको हो ।

अस्पतालको तेस्रो साधारण सभाको अवसर पारी अस्पतालका अध्यक्ष डा. जगतबहादुर खड्काले जनताको मन जित्न सफल भएको बताउँदै अस्पतालको क्षमता बिस्तारको योजना सुनाएका हुन् । अझ धेरै सर्वसाधारणको पहुँचमा पु¥याउन टिकट मूल्य न्यूनतम लिने उनको तर्क थियो ।

अस्पताल स्थापनाको छोटो अवधिमै उपचारमा आउनेको विश्वास जित्न सफल भएको मेडिकल डाइरेक्टर डा. तारा गुरुङले बताइन् । सभाका वक्ताहरुले सेवालाई प्रभावकारी र विश्वसनीय बनाउन त्रुटि निराकरण गर्न ढिलाइ गर्न नहुने सुझाए । अस्पतालले फरक-फरक ठाउँमा पुगेर नि:शुल्क शिविर सञ्चालन गर्दे आएकोसमेत जनाएको छ ।

यसैबीच अस्पतालका कर्मचारीललाई सम्मान गरिएको छ । बसुन्धरा गिरी, नीता भण्डारी, सूर्यकुमारी घर्ती र आसरी गुरुङलले उत्कृष्ट कर्मचारी सम्मान प्राप्त गरेका हुन् । पछिल्लो समयमा अस्पतालले काठमाडौंको बि एन्ड बि अस्पतालसँग सहकार्य गरी सेवा दिँदे आएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ