२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखराको युनाइटेड रेफरेन्स ल्याबको तेस्रो शाखा बेंसीसहरमा

पोखराको युनाइटेड रेफरेन्स ल्याबको तेस्रो शाखा बेंसीसहरमा


पोखरा – रगत, दिशा, पिसाब लगायतको विशेष जाँच सेवा दिने गरी पोखराको युनाइटेड रेफरेन्स ल्याब (युआरएल) ले तेस्रो शाखा लमजुङको बेंसीसहरमा स्थापना गरेको छ । शाखा स्थापनापछि लमजुङबासी रगत, दिशा, पिसाबको विशेष जाँच गर्न पोखरा, काठमाडौं लगायत सहरमा पुग्नुपर्ने बाध्यता हटेको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए ।

शाखा स्थापनाका अवसरमा मधुमेह र युरिक एसिडको निशुल्क जाँच सुविधा दिएको उनले जानकारी दिए । अन्य जाँचमा भने ३० प्रतिशत छुट दिएको युआरएलका अध्यक्ष पन्त बताउँछन् । लमजुङबासीले फागुन १५ सम्म निशुल्क जाँच र छुटको सुविधा लिन सक्नेछन् ।
युआरएल गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब हो ।

युआरएलका २ शाखा तनहुँको दमौली र दुलेगौंडामा यसअघि नै सञ्चालनमा आएका छन् । बागलुङमा युआरएलको आधिकारिक कलेक्सन सेन्टर रहेको अध्यक्ष पन्तले जानकारी दिए । ‘हाम्रो ल्याबबाट शुल्क तिरेर करिब २ लाख बिरामीले सेवा लिएका छन्,’ अध्यक्ष पन्तले भने, ‘८२-८३ शिविरबाट करिब ६८ हजारले निशुल्क ल्याब सेवा लिएका छन् ।’

करिब डेढ करोड लगानीमा स्थापना भएको बेंसीसहर शाखाबाट थाइराइड, मुटु, कलेजो लगायत सबै प्रकारका रगत जाँच गर्ने पन्तले बताए । उनले भने, ‘ब्लडको मात्रै ३ सय प्रकारको जाँच बेंसीसहरमै गर्न सकिनेछ ।’ दक्ष र अनुभवी जनशक्तिबाट समयमै गुणस्तरीय सेवा दिने उनले दाबी गरे । बेंसीसहर शाखाबाट औपचारिक उद्घाटन नहुँदै सेवा प्रदान गरिएको हो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ