२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशस्याङजाको कालिका सामुदायिक अस्पताल बन्द

स्याङजाको कालिका सामुदायिक अस्पताल बन्द


पोखरा—स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकास्थित कालिका सामुदायिक अस्पताल बन्द भएको छ । नयाँ व्यवस्थापन नहुन्जेलका लागि बन्द गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष तोयानाथ अर्यालले जानकारी दिए ।

१ हप्ताअघि अस्पताल पु¥याइएकी बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले ताला लगाएका थिए । स्थानीयले लगाएको ताला सहमतिमा खोलिएपनि अस्पताल व्यवस्थापनले नै अस्पताल बन्द गरेको अध्यक्ष अर्यालले स्पष्ट पारे ।

उनले भने, ‘मेयरज्यूले नगरपालिकाले नै अस्पताल सञ्चालन गर्ने भन्नुभएको छ, नयाँ व्यवस्थापनमा नगरपालिकाले सञ्चालन नगरेसम्मका लागि बन्द गरिएको हो ।’ कालिका अस्पतालको विवाद मृतकका परिवार, नगरपालिका, सञ्चालक समितिबीच छलफल गरी विवाद समाधान गरिएको छ ।

के हो विवाद ?

भीरकोट नगरपालिका—७ तिलाहारका यामबहादुर खाम्चाकी ५ महिने छोरी लोककुमारीलाई सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो । तर त्यहाँ उपचार हुन सकेन । त्यहाँका स्वास्थ्यकर्मीले स्याङ्जा अस्पताल लैजान सुझाए ।

तर, स्याङ्जा अस्पताल पु¥याइएकी बालिकालाई डाक्टरले मृत घोषित गरे । बालिकाको कालिका अस्पतालमा उपचार भएको भए मृत्यु हुने थिएन भन्दै आक्रोशित विभिन्न माग राखी कालिका अस्पतालमा तालाबन्दी गरेका थिए ।

उनीहरुले कालिका अस्पतालले २४ सै घन्टा सेवा दिनुपर्ने, अस्पतालका उपकरण काम गर्ने खालका हुनुपर्नेलगायत माग गरेका थिए । उपचार नै सुरु नगरी स्याङ्जा अस्पताल रिफर गरिएपछि स्थानीय आक्रोशित भएका थिए ।

कस्तो छ कालिका अस्पतालको अवस्था ?

कालिका सामुदायिक अस्पतालको अवस्था दयनीय बन्दै गएपछि २०७५ सालमा नै सञ्चालक समितिले साधारण सभामार्फत अस्पताल सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको अध्यक्ष अर्याल बताउँछन् । ‘सरकारलाई हस्तान्तरण गर्ने निर्णय भए पनि नगरपालिकाले स्वामित्व लिन नचाहेका कारण कार्यान्वयन भएन । थप अस्पताल अस्तव्यस्त हुन पुग्यो,’ उनले भने ।

‘अस्पतालमा औषधी छैन, सबै उपकरणले काम गर्ने अवस्था छैन,’ अध्यक्ष अर्यालले अगाडि थपे, ‘इसिजी मेसिन बिग्रिएको १ महिना भएको थियो । मर्मत गर्न सकिएको थिएन ।’ अस्पतालमा उपचार हुन सक्ने अवस्था भने नरहेको अध्यक्ष अर्यालले बताए ।

त्यहाँ नै उपचार थालिएको भए पनि बचाउन सकिने अवस्था भने नरहेको स्वास्थ्यकर्मीलाई उदृृत गर्दै अध्यक्ष अर्यालले सुनाए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ