२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०५ पुग्यो

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०५ पुग्यो


पोखरा – गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २ जनाको ज्यान गएको छ । निर्देशनालयका अनुसार पछिल्लो २ दिनमा कोरोना संक्रमित १ पुरुष र १ महिलाको मृत्यु भएको हो ।

यससँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०५ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

पोखरा ११ का ७१ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । गत माघ २९ गते कोरोना पुष्टि भएका ती पुरुषमा कोभिड निमोनिया, मधुमेह, उच्च रक्तचाप लगायत समस्या रहेको निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिए ।

यस्तै, पोखरा १३ की ७१ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा निधन भएको छ । माघ २६ मा कोरोना पुष्टि भएकी ती महिलामा कोभिड निमोनिया, मिर्गाैला, मधुमेहलगायत समस्या रहको निर्देशक शर्माले बताए ।

यसैबीच कोरोना संक्रमणका सम्भावित व्यक्तिको स्वास्थ्य जाँचका लागि फागुन ७ देखि १२ गतेसम्म निशुल्क नमुना संकलन र कोराना परीक्षणको विशेष व्यवस्था मिलाएको निर्देशनालयले जनाएको छ । निशुल्क जाँचको लागि प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरा–३० मोहरियामा सम्पर्क गर्न आग्रह गरिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ