२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशअपाङ्गता भएकालाई नि:शुल्क ह्विलचियर वितरण

अपाङ्गता भएकालाई नि:शुल्क ह्विलचियर वितरण


पोखरा –  नेपाल अपाङ्ग समाज सेवा संघ पोखराले काठमाडौंको नेपाल अपाङ्ग पुनस्र्थापना समाजको सहयोगमा ह्विलचियर वितरण गरेको छ । शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको हिँडडुल तथा आर्थिक पाटोमा सहयोग पु¥याउने उद्देश्यले ह्विलचियर प्रदान गरिएको हो ।

सो कार्यक्रममा १२ जनाले नि:शुल्क ह्विलचियर प्राप्त गरे ।

अमेरिकी संस्था लेटरेड साइन्ट च्यारिटिसको सहयोगमा नेपालका ६२ जिल्लामा २० हजारभन्दा बढी ह्विलचियर वितरण गरिएको नेपाल अपांग पुनस्र्थापना समाज काठमाडौँका केन्द्रीय उपाध्यक्ष सुमन भट्टराईले जानकारी दिए ।

नेपाल अपाङ्ग समाज सेवा संघका केन्द्रिय अध्यक्ष बुद्धिबहादुर बागदास पन्तका अनुसार ग्रामीण क्षेत्रमा घरबाट बाहिर निस्कन नसक्ने रातोमाटो दलिएर कष्टकर जीवन बिताउन बाध्य ८७० जना अपाङ्गता भएकालाई ह्विलचियरको सहयोगमा आँगनसम्म पु¥याउन सकिएको छ।

ह्विलचियरमा बदामको व्यापार गरी गुजारा गर्ने पोखरा–९का जीवन गिरीलाई सुविधायुक्त तीनपांग्रे ह्विलचियर प्रदान गरिएको छ । यसअघि यसप्रकारको सुविधासम्पन्न ह्विलचियर पोखरामा प्रयोग नभएको बताइएको छ ।

ह्विलचियर वितरण कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गरेको बताउँदै आत्मबल उच्च बनाएर अघि बढ्न अपाङ्गता भएका व्यक्तिहरुलाई आग्रह गरिन ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ