२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशचरक मेमोरियल हस्पिटलमा अटोमोबाइल्स व्यवसायीलाई उपचारमा छुट

चरक मेमोरियल हस्पिटलमा अटोमोबाइल्स व्यवसायीलाई उपचारमा छुट


पोखरा – पोखरा नागढुंगास्थित चरक मेमोरियल हस्पिटलले पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका सदस्य तथा उनीहरुका परिवारलाई विशेष छुट दिने भएको छ । चरकमा उपचार गराउँदा एसोसिएसनका सदस्य तथा उनीहरुको परिवारलाई विशेष छुट दिने गरी २ पक्षबीच बुधबार सम्झौता भएको हो।

सम्झौतापत्रमा हस्पिटलका अध्यक्ष डा. वद्री पौडेल र एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले हस्ताक्षर गरे । हस्पिटल र एसोसिएसनबीचको सम्झौता २ वर्षसम्म कायम रहने चरक हस्पिटलका प्रशासक प्रदीप तिमिल्सिनाले बताए ।

सो क्रममा एसोसिएसनका पूर्व अध्यक्ष एवम सल्लाहकार माधवप्रसाद पौडेल, वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, महासचिव दीपेन्द्र कोइराला, कार्यालय प्रमुख गोविन्द पौडेल, हस्पिटलको तर्फबाट प्रदीप तिमिल्सिना लगायत सहभागी थिए ।

चरक अस्पतालले यसअघि कर्मचारी संचयकोषका संचयकर्ता, गोरखा वेलफेयर ट्रस्टका सदस्यहरु, प्रभु इन्स्योरेन्स(मेडिकल) लगायतसँग पनि सम्झौता गरेको प्रशासक तिमिल्सिनाले जानकारी दिए ।

विगत ९ वर्षदेखि सञ्चालनमा रहको चरक हस्पिटलले पछिल्लो १ वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा दिँदै आएको छ । हस्पिटलमा विभिन्न विधाका विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा उपलब्ध गराइने हस्पिटलका प्रशासक तिमिल्सिनाले बताए ।

आकस्मिक जटिल समस्या भई हेलिउद्धार गरिएका बिरामीलाई हस्पिटलमा हेलिकोप्टरमार्फत् नै पु¥याउन सकियोस् भन्ने उद्देश्यले हेलिप्याडसमेत व्यवस्था गरिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ