२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशचरक मेमोरियल हस्पिटलमा नि:शुल्क मिर्गौला जाँच हुने

चरक मेमोरियल हस्पिटलमा नि:शुल्क मिर्गौला जाँच हुने


पोखरा – पोखरा ८ नागढुंगास्थित चरक मेमोरियल हस्पिटलले विश्व मिर्गौला दिवसको अवसर पारी फागुन २८ गते नि:शुल्क मिर्गाैला जाँच शिविर सञ्चालन गर्ने भएको छ । शिविरमा विशेषज्ञ चिकित्सकद्वारा परामर्शसहित मिर्गाैला जाँचका लागि आवश्यक रगत र पिसाब नि:शुल्क जाँचको सुविधा दिइने हस्पिटलले जनाएको हो ।

यस्तै, मिर्गाैलाको जाँच गर्न भिडियो एक्स-रेबाट नि:शुल्क हुनेछ भने दूरबिनबाट शल्यक्रिया गर्नुपर्ने बिरामीलाई विशेष छुट उपलब्ध गराउने भएको छ । अप्रेसन गर्नुपर्ने बिरामीका लागि भने डाक्टरको सल्लाहबमोजिम समय निर्धारण गरिने हस्पिटलका प्रशासक प्रदीप तिमिल्सिनाले जानकारी दिए ।

बिरामीको चाप उच्च हुनसक्नेतर्फ ध्यान दिएर नाम रजिष्ट्रेसन बिहान ९ बजे देखि १ बजेसम्म तोकिएको प्रशासक तिमिल्सिनाले बताए ।

यस्तै, चरक मेमोरियलको प्राविधिक सहयोगमा गोरखाको खोप्लाङमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा हाडजोर्नी, मेरुदण्ड तथा नशा रोग, मेडिकल सेवा , स्त्री तथा प्रसुति रोग, भिडियो एक्सरेसहित निशुल्क औषधी वितरण गरेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ