२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपत्रकार कल्याणकारी कोषमार्फत कास्कीका सबै पत्रकारको स्वास्थ्य बिमा

पत्रकार कल्याणकारी कोषमार्फत कास्कीका सबै पत्रकारको स्वास्थ्य बिमा


पोखरा – नेपाल पत्रकार महासंघ कास्कीले पोखरा महानगरकोे आर्थिक सहयोगमा शाखाका सबै पत्रकारको स्वास्थ्य बिमा गरिदिने भएको छ । स्वास्थ्य बिमा कार्यक्रमको सोमबार एक कार्यक्रमबीच पोखराका मेयर मानबहादुर जिसीले शुभारम्भ गरेका हुन्।

स्वास्थ्य बिमा कार्यक्रम साबिकबमोजिम नै सञ्चालन हुनेछ । सो कार्यक्रम अन्तर्गत ५ जनासम्मको परिवारले तिर्नुपर्ने ३ हजार ५ सय रुपैयाँ महासंघले तिरिदिने भएको छ । यो बिमा कार्यक्रमबाट पत्रकार र पत्रकारका परिवारका थप ४ जना सदस्यले वार्षिक १ लाख रुपैयाँ बराबरको सेवा लिन पाउने छन् ।

स्वास्थ्य बिमा पत्रकार महासंघ कास्कीमा पहिलोपटक सुरु गरिएको कास्की शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । महासंघले स्थापना गरेको पत्रकार कल्याणकारी कोषको ब्याजबाट बिमा कार्यक्रम सञ्चालन हुने,  कोषमा गत आवमा ४५ लाख जम्मा भएको छ भने चालु आवमा २० लाख थपिने महासंघ कास्कीले जनाएको छ ।

महासंघ कास्कीका अध्यक्ष श्रेष्ठका अनुसार कोषको पुँजी १ करोड पु¥याउने लक्ष्य छ । पोखराका मेयर मानबहादुर जिसीले स्वास्थ्य बिमा कार्यक्रम पत्रकार र उनीहरुका परिवारका लागि अति नै उपयोगी र सहयोगी हुने विश्वास व्यक्त गरे । महासंघले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमबाट पत्रकारका लागि उपचार खर्च व्यवस्थापनमा सहयोग पुग्नेछ ।

स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भका अवसरमा स्वास्थ्य बिमा बोर्ड गण्डकीका प्रमुख जीवलाल खरेल, प्रेस स्वतन्त्रता सेनानी एवं अग्रज पत्रकार माधव शर्मा, महासंघका उपाध्यक्ष विमला भण्डारी, सचिव रामप्रसाद तिमिल्सिना, प्रेस चौतारीका संयोजक अर्जुन गिरी, प्रेस संगठनका संयोजक सन्देश श्रेष्ठ, सञ्चारिका समूह गण्डकी अध्यक्ष स्मीता अधिकारी, नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल लगायतले बोलेका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ