२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशनेत्रज्योति संघ कास्कीले मनायो स्थापना दिवस

नेत्रज्योति संघ कास्कीले मनायो स्थापना दिवस


पोखरा-नेत्रज्योति संघले ४२ औं स्थापना दिवस पोखरामा मनाएको छ । सो अवसरमा हिमालय आँखा अस्पतालमा ज्येष्ठ नागरिकको शुक्रबार निःशुल्क रजिस्ट्रेसन गरिएको छ ।

अस्पतालमा आएका ६५ जना ६० वर्षमाथिका बिरामीको रजिस्ट्रेन शुल्क नलिएको नेत्रज्योति संघका सभापति कृष्णबहादुर गुरुङले जानकारी दिए । उनकाअनुसार शिविरमार्फत आउने मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया पनि हुने गरेको छ । अस्पतालमा दैनिक २० जनाको हाराहारीमा अप्रेसन गर्न सकिने क्षमता छ ।

कोरोना संक्रमणको जोखिम बढेकाले भिडभाड हुने कार्यक्रम गर्न नमिल्ने भएपछि ज्येष्ठ नागरिक सम्मानस्वरुप रजिस्ट्रेसन निःशुल्क गरिएको उनको भनाइ थियो । स्थापना दिवस अवसरमा ‘अन्धोपन निवारण हाम्रो जिम्मेवारी, आँखा सेवामा गरौं साझेदारी’ नाराका साथ हिमालय आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ गण्डकी र कास्की शाखाले संयुक्त रुपमा सो कार्यक्रम गरेका हुन् ।

हिमालय आँखा अस्पतालमा ५ सयको हाराहारीमा बिरामी आउने संघका सहसचिव गणेशबहादुर ढकालले जानकारी दिए । उनले भने, ‘अहिले बिरामीको चाप बढ्दो क्रममा छ, जनशक्ति थप्नुपर्छ कि भन्ने पनि आवाज उठ्न थालेको छ, दैनिक ५÷६ सयसम्म त अहिलेको जनशक्तिबाट जाँच हुन सक्छ ।’

नेत्रज्योति संघ २०३५ साल चैत १३ गते स्थापना भएको भएपनि कास्कीमा भने २०४२ सालमा मात्रै शाखा विस्तार गरिएको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ