२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीका वागलुङ, म्याग्दे र भीमादमा विद्यालय खुले

गण्डकीका वागलुङ, म्याग्दे र भीमादमा विद्यालय खुले


पोखरा –  नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गर्न निर्देशन दिएको भए पनि गण्डकीका केही ठाउँमा विद्यालय खुलेका छन् । वायु प्रदूषणका बढेको भन्दै सरकारले मंलबारदेखि शुक्रबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले विद्यालय बन्द गर्न निर्देशन दिएको भए पनि गण्डकीका केही पालिकामा भने शिक्षण संस्था खुलेका छन् । तनहुँ जिल्लाको भीमाद र म्याग्दे गाउँपालिकाले विद्यालय खोल्ने निर्णय गरेका छन् । म्याग्दे गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले विद्यालय खुलेको जानकारी दिँदै वातावरण सामान्य रहेको बताए ।

उनले भने, ‘ यो वर्ष विद्यार्थीले पढ्नै पाएनन्, त्यसैमाथि यही बेला परीक्षा तोकिएको थियो, परीक्षा रोक्दा विद्यार्थीमा फेरि अर्काे तनाब थपिने भएकाले विद्यालय खोल्ने निर्णय गरिएको हो ।’ विद्यालय खोल्ने निर्णय नेपाल सरकार र पालिकास्तरमा विपरीतजस्तो देखिए पनि सकारात्मक निर्णय भएकाले सकारात्मक रुपमा लिन आग्रह गरे ।

भीमाद नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पदमराज आचार्यले पत्राचार गरेर नै विद्यालय खोल्न लगाइएको बताए । उनले भने, ‘यहाँको अवस्था राम्रै छ त किन बन्द गर्नुप¥यो?’ पठनपाठन यो वर्ष साह्रै बिग्रिएको र अवस्था प्रतिकूल नभएकाले खोलिएको उनको भनाइ थियो ।

तनहुँका निजी विद्यालय कोभिड झेलेर भर्खर खुलेको अवस्थमा कोर्स सक्नुपर्ने बाध्यताले पनि खुलेको प्रमुख आचार्यले उल्लेख गरे । निजी खुलेपछि दबाबका कारण केही ठाउँका सरकारी विद्यालय खुलेको उनको भनाइ थियो ।

यता, बागलुङ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले पनि मंगलबार बिहान विज्ञप्तिमार्फत पठनपाठन नियमित गराउन विद्यालयहरुलाई निर्देशन दिएको थियो । नगर शिक्षा अधिकारी दण्डपाणि शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय नियमित रुपमा सञ्चालन गर्नू ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ