२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा बढे कोरोना संक्रमित

गण्डकीमा बढे कोरोना संक्रमित


पोखरा—गण्डकी प्रदेशमा कोरोना संक्रमित बढेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार बिहीबारमात्रै ५६ जनामा कोरोना पुष्टि भएको हो ।

लाइफ केयर डायग्नोष्टिक प्रा.लि.मा गरिएको परीक्षणमा १४ र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार कास्कीका ३७ जना, बाग्लुङका १५ जना, नवलपरासीपूर्वका २ जना, म्याग्दीका १ जना, पर्वतका १ जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार ३२ जनामा संक्रमण पुष्टि भएको तथ्यांक स्वास्थ्य निर्देशनालयले गण्डकीले सार्वजनिक गरेको छ । हालसम्म गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या १६ हजार ८ सय २८ पुगेको छ ।

सहरी क्षेत्रमा जोखिम बढेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकार र सरकारी क्षेत्रबाट निर्देशन आइरहेका भएपनि लापरबाही देखिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ