२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशटेक्रोलिमस जाँच अब पोखरामै

टेक्रोलिमस जाँच अब पोखरामै


पोखरा –  पोखरामा नयाँबजारमा प्रधान कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले तनहुँको दमौली, दुलेगौंडा, लमजुङको बेंसीसहर, स्याङ्जको वालिङमा शाखा सञ्चालन गरिसकेको छ । २०७८ वैशाख १ गतेदेखि हस्पिटलचोक पोखरामा विशेष सुविधासहित शाखा विस्ताको तयारी गरेको हो ।

गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याबोरेटरी युआरएलले प्रतिस्पर्धात्मक बजार पोखरामा थप सुविधा दिने भएको छ । शाखा विस्तारसँगै सेवा र प्रविधि पनि थपिरहेको छ । युआरएललाई अन्य ल्याबहरुले पछ्याइरहेका छन् । राजधानी बाहिर पहिलोपटक टेक्रोलिसम जाँच सुरु गरेको युआरएलले जनाएको छ ।

पोखरामा अझै धेरै सेवा र प्रविधि भित्रिसकेका छैनन् । विशेष सेवाका लागि काठमाडौं उपत्यकालगायत अन्यत्र जानुपर्ने बाध्यता छ । पोखरा स्वास्थ्य प्रतिष्ठानका नवनियुक्त उपकुलपति डुकबहादुर क्षेत्री आफ्नो ४ वर्षे कार्यकालको अन्तसम्म पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सकिने गरी काम गर्ने योजना बनाएको बताउँछन् ।

प्रविधिको विकाससँग मानव अंग कृत्रिम वा अर्काे मानिसको प्रत्यारोपण गर्ने क्रम बढिरहेको छ । जन्मजात भएका अङ्गजस्तै त प्रत्यारोपण गरेको अंग नहुन सक्छ । समय समयमा विभिन्नखालको जाँच र औषधीको मात्रा हेरफेर गर्नुपर्ने हुन्छ ।

पोखरा आसपासका व्यक्ति अन्यत्र गएर भए पनि अङ्ग प्रत्यारोपण गरिरहेका थिए । उनीहरुको समय समयमा टेक्रोलिमस जाँच गर्नुपर्ने हुन्छ । अङ्ग प्रत्यारोपण गरिसकेका व्यक्तिहरुले २०७७ को मध्य चैतसम्म टेक्रोलिमस जाँच गराउन काठमाडौं वा अन्यत्र जानुपर्ने बाध्यता थियो । त्यसपछि भने त्यो बाध्यता हटेको छ ।

पोखराका अग्रज पत्रकार राजबहादुर गुरुङको टेक्रोलिमस जाँच गरी सेवाको सुरुआत गरिएको छ । टेक्रोलिमस अंग प्रत्यारोपण गरेका व्यक्तिले खाने औषधी हो । रगतमा यसको मात्रा कति छ भन्ने बेला बेलामा जाँच गरी डाक्टरले औषधीको मात्रा तोक्छन् ।

टेक्रोलिमस जाँचका लागि पोखराबाट काठमाडौं नमुना पठाउँदा रिपोर्ट आउन ३ देखि ४ दिन लाथ्यो । त्यसैमाथि तापक्रम लगायतका कारणले रिपोर्ट नै फरक पर्ने अवस्था पनि आउन सक्थ्यो ।

पत्रकार गुरुङले डाक्टरहरु पोखरामा नै भए पनि टेक्रोलिमस जाँचका लागि राजधानी जानुपर्ने बाध्यता भएको अनुभव सुनाउँछन् । उक्त जाँच पोखरामै उपलब्ध भएपछि खर्च र झन्झटमा कमी र गुणस्तर र विश्वसनीयतामा वृद्धि हुने उनको विश्वास छ । युआरएलले आकस्मिक अवस्थाबाहेक आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा ३ पटक टेक्रोलिमसको नियमित जाँच गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

तथापि, आकस्मिक अवस्थामा भने जुनसुकै दिनमा पनि जाँच गर्न सकिन्छ । युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले सेवाग्राही र चिकित्सकबाट टेक्रोलिमस जाँच सुविधा पोखरामा भए राम्रो हुने सुझाव पाएपछि सेवा विस्तार गरिएको बताउँछन् । उनले भने, ‘विश्वकै सर्वाेत्कृष्ट प्रविधिमार्फत् संवेदनशील र विशेष प्रकारका रगत जाँच गरी स्वास्थ्य प्रयोगशाला क्षेत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने योजना बनाएका छौं ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ