२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशहस्पिटल चोकमा युआरएलको पाँचौ शाखा

हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा


पोखरा—युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पक्षेअ) गेटमा पाँचौ शाखा खोलेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पक्षेअ अस्पतालको नजिकै युआरएलले नयाँ शाखामार्फत मंगलबारबाट सेवा सञ्चालन गरेको हो ।

हस्पिटल चोकमा सञ्चालित शाखाबाट २४ सै घन्टा सेवा दिइने युआरएलले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बिरामीलाई लक्षित गरी शाखा सञ्चालन गरिएको हो । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले पोखरा, न्युरोडको केन्द्रीय कार्यालयबाट दिइने सबै सेवा हस्पिटल चोक शाखामा उपलब्ध रहेको बताए ।

पन्तले भने, ‘गण्डकी अस्पतालमा सेवा लिन आउने बिरामीले सास्ती पाएको देखियो । त्यहाँ नहुने जाँच, बाहिर पठाउनुपर्ने जाँच र अन्य सबैजसो रगत जाँच युआरएलमा हुन्छ ।’

शाखा सञ्चालनको अवसरमा मधुमेह (सुगर) सम्बन्धी रक्त परीक्षण वैशाखभर निःशुल्क हुने छ भने अन्य सबै प्रकारका परीक्षणमा वैशाख महिनाभर ३० प्रतिशत छुट दिइएको बताइएको छ ।

तनहुँको दमौली र दुलगौैंडा, लमजुङको बेशीसहर र स्याङ्जाको वालिङमा युआरएलले यसअघि नै शाखा सञ्चालन गरेको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ