२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित

पोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित


पोखरा –  गण्डकीमा पनि कोरोना संक्रमितको संख्या १७ हजार ४८८ पुगेको छ । पोखराको लाइफ केयर एन्ड डायग्नोस्टिक प्रालि र क्षयरोग उपचार केन्द्र र मध्यबिन्दु जिल्ला अस्पताल नवलपरासी पूर्वमा गरिएको जाँचबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

जसअनुसार कास्कीमा ५५, म्याग्दीमा ११, तनहुँमा ३, लमजुङमा १, पर्वतमा ३, स्याङ्जामा ४ र नवलपरासी पूर्वमा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना संक्रमणदर उच्च देखिएको र दैनिक ५० भन्दा बढी कोरोना संक्रमित भएको तथ्यांक बाहिर आए पनि पोखरा महानगरले बनाएको आइसोलेसन कक्षमा बिरामी भने छैनन् । महानगरको आइसोलेसन नन मेडिकल आइसोलेसन भएकाले त्यहाँ बस्नुभन्दा होम आइसोलेसनमा बस्नु उपयुक्त हुने बिरामीको सोच छ ।

पहिलो तयारी अवस्थामा राखिएका क्वारेन्टिन र आइसोलेसन सेन्टरसमेत सञ्चालनमा छैनन् । नयाँ भेरियन्टले बालबालिकादेखि वृद्धवृद्धासमेतलाई असर पारेको छ । विद्यार्थीमा नै संक्रमण भएपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छ भने विद्यार्थीको माध्यमबाट घरपरिवारमा फैलने जोखिम पनि त्यत्तिकै छ ।

यसैबीच कोरोना संक्रमणदर उच्च हुँदै गएपछि पर्वतको कुश्मा नगरपालिकाका सम्पूर्ण सेवा कोभिड-१९ नयाँ भेरियन्ट फैलन सक्ने जोखिम न्यूनीकरणका लागि १ हप्ता बन्द गरिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ