२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरामा मास्क नलगाउने ११ सयलाई १ घन्टा कोरोना शिक्षा

पोखरामा मास्क नलगाउने ११ सयलाई १ घन्टा कोरोना शिक्षा


पोखरा – पोखरामा प्रहरीले मास्क नलगाउने १ हजार ७८ जनालाई १ घन्टा नियन्त्रणमा लिएर सचेतनापश्चात् छोेडेको छ । पोखरामा बढी भीडभाड हुने चिप्लेढुंगा, अमरसिंह, पृथ्वीचोक लगायत ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

कास्की प्रशासनले कोरोना संक्रमण बढिरहेको बेला रोकथाम र नियन्त्रणका पहल थालेको हो । नियन्त्रणमा लिइएकालाई १ कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे जानकारी दिइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । सामुदायिक प्रहरीको सक्रियतामा माक्र्ससमेत वितरण गरिएको छ ।

प्रशासनले पोखराका पार्टी प्यालेसमा समेत अनुगमन गरेको छ । प्रजिअ गौतम केन्द्रको निर्देशन अनुसार लकडाउन वा अन्य विकल्पको प्रयोग गर्ने बताउँछन् । गण्डकी स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आइतबारमात्रै १६३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, कास्कीमा मात्रै ११४ जना छन् । सो अवधिमा गण्डकीमा कूल१७ हजार ७३७ कोरोना संक्रमित भए भने ५७२ सक्रिय संक्रमित छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ