२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा ४ जना कोरोना संक्रमितको मृत्यु, थप १०१ संक्रमित

गण्डकीमा ४ जना कोरोना संक्रमितको मृत्यु, थप १०१ संक्रमित


पोखरा—गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालका अनुसार सोमबार ४ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।

कोरोनाबाट स्याङ्जाको वालिङ १२ का ५८ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको छ । यस्तै, कास्कीको पोखरा १ की ५५ वर्षीया महिलाको मेडिप्लस अस्पतालमा निधन भएको छ । उनीहरुमा वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

गत वैशाख ७ गते कोरोना पुष्टि भएका पोखरा २५ का ९१ वर्षीय पुरुष मेडिप्लस अस्पतालमा निधन भएको निर्देशनालयले जनाएको छ । यसैगरी, म्याग्दीको रघुगंगाका ७८ वर्षीय पुरुषको पोखराको मणिपाल कलेज शिक्षण अस्पतालमा निधन भएको छ । उनमा वैशाख १२ गते कोरोना पुष्टि भएको थियो । अहिलेसम्म गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको छ ।

१०१ संक्रमित थपिए

सोमबार गण्डकी प्रदेशमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ६९ जना, म्याग्दीमा ५ जना, नवलपुरमा १२ जना, तनहुँमा ५ जना, स्याङ्जामा ३ जना, लमजुङमा २ जना र पर्वतमा ५ जनामा कोराना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकीमा कूल संक्रमितको संख्या १७ हजार ८ सय ३८ पुगेको छ भने संक्रिय संक्रमितको संख्या ९३७ रहेको छ । अहिलेसम्म १६ हजार ६८६ जना निको भएका छन् भने ८८३ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ