२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकास्की कोरोना हटस्पट, बुधबारमात्रै १७३ थपिए

कास्की कोरोना हटस्पट, बुधबारमात्रै १७३ थपिए


पोखरा-गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीव्र वृद्धि भएको छ । बुधबारमात्रै ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गत २४ घण्टामा २४ जना निको भएका छन् भने १ हजार ३२ जना होम आइसोलेसनमा छन् । गण्डकीमा कूल संक्रमित १८ हजार २५९ पुगेको छ भने १ हजार २८९ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

मध्यबिन्दु जिल्ला अस्पतालमा गरिएको जाँचमा बुधबारमात्रै नवलपुरमा ७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, पर्वतमा ५, म्याग्दीमा ११, मुस्ताङमा १, तनहुँमा ७ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी कास्कीका १७३ जनामा संक्रमण पुष्टि भएको छ । गोरखामा ४६, बागलुङमा १७, स्याङ्जामा ४१ जनामा कोरोना पुष्टि भएको छ ।

वैशाख १५ सम्ममा गण्डकीमा कोरोनाका कारण २१९ जनाको ज्यान गएको छ । गण्डकीमा कोरोना संक्रमण पत्ता लागेपछि हालसम्म १ लाख ४३ हजार ४२९ जनाको पिसिआर जाँच गरिएको छ जसमा १ लाख २५ हजार १७० जनाको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ