२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेश : संक्रमितको संख्या १८ हजार ३७१ जना, मृतकको संख्या २२१ जना

गण्डकी प्रदेश : संक्रमितको संख्या १८ हजार ३७१ जना, मृतकको संख्या २२१ जना

खोप लगाएकामा पनि संक्रमण पुष्टि


पोखरा – गण्डकी स्वास्थ्य निर्देशनालयले गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । बुधबार १ जना पुरुष र बिहीबार १ महिलाको ज्यान गएको निर्देशनालयले जनाएको हो  ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका १४ का ४३ वर्षीय पुरुषको वैशाख १५ गते मेडिप्लस अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । उनमा वैशाख ७ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै, पोखराकै वडा नं. ७ की ८९ वर्षीया महिलाको बिहीबार ज्यान गएको हो । वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएकी उनी होम आइसोलसनमै रहेकी थिइन् ।

निर्देशनालयले सार्वजनिक गरेका पछिल्लो तथ्यांक अनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या १८ हजार ३७१ पुगेको छ । पछिल्लो २४ घन्टामा गण्डकीमा ४४२ पिसिआर जाँच गरिएकोमा ११२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा सबभन्दा बढी कास्कीमा ७९, नवलपरासी पूर्वमा १५, तनहुँमा ५, स्याङ्जा र बागलुङमा ४-४, लमजुङमा २, गोरखा, पर्वत र म्याग्दीमा १-१ जना संक्रमित भएका छन् । मनाङ र  मुस्ताङमा नयाँ संक्रमण भएको पुष्टि भएको छैन ।

कोरोनाविरुद्धको खोप लगाएकाहरु पनि सतर्क रहनुपर्ने विज्ञहरुले बताएका छन् । मंगलबार बागलुङका २ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार उनीहरुले कोरोनाविरुद्धको खोप लगाइसकेका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ