२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशमा ३ जना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा ३ जना संक्रमितको मृत्यु


पोखरा – गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण बिहीबारमात्रै थप ३ जनाको ज्यान गएको छ । कास्की मुस्ताङ र स्याङ्जाका १-१ जनाको ज्यान गएको हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२४ पुगेको छ ।

कोरोना संक्रमणकै कारण मुस्ताङको घरपजोङ गाउँपालिका ४ की ७२ वर्षीया महिलाको बिहीबार निधन भएको स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकीले जनाएको छ । उनमा वैशाख १६ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । निर्देशनालयका अनुसार वैशाख १५ गते कोरोना पुष्टि भएका पोखरा ६ का ८२ वर्षीया महिलाको वैशाख १६ गते चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ५ का ६२ वर्षीय पुरुषको बिहीबार नै मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । उनमा वैशाख ५ गते कोरोना पुष्टि भएको थियो ।

गण्डकीमा सक्रिय संक्रमित १५३९ छन् भने पछिल्लो २४ घन्टामा २७४ जना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये होम आइसोलेसनमा १ हजार ४३२ जना रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ७२ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै गण्डकीमा कूल संक्रमित १८ हजार ६४५ रहेको निर्देशनालयले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार कास्कीमा १६३ जना, गोरखामा ४३ जना, बागलुङमा २३ जना, नवलपरासीमा १७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, म्याग्दी र स्याङ्जामा ९-९ जना संक्रमित भेटिएका छन् भने तनहुँमा ७, पर्वतमा २ र लमजुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसैबीच स्वास्थ्य निर्देशनालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्लाका सरोकारवालाहरुले ५० बेडभन्दा बढी क्षमता रहेको पोखरा स्वास्थ्य प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निरीक्षण गरेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ