२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश‘मास्क खोइ?’ अभियानमा ३१ जनालाई कारबाही, साढे ८ हजार मास्क वितरण

‘मास्क खोइ?’ अभियानमा ३१ जनालाई कारबाही, साढे ८ हजार मास्क वितरण


पोखरा – कास्की प्रशासनको पहलमा वैशाख १२ गते पोखराका मुख्य बजार क्षेत्रबाट मास्क नलगाएका १ हजार ७८ सयलाई नियन्त्रणमा लिएर १ घन्टा कोरोना शिक्षा लिन बाध्य पा¥यो । यो स्वास्थ्य मापदण्ड पालना गराउन गरिएको पहलमात्रै थियो ।

प्रहरी त्यतिमै सीमित भएन । दोस्रो चरणको कोरोना संक्रमण तीव्र भएपछि ट्राफिक प्रहरीले प्रदेशभर नै वैशाख १३ बाट ‘संक्रमणबाट आफू बचौं र अरुलाई पनि बचाऔं’ नाराका साथ तपाईंको मास्क खोइ अभियान सञ्चालन ग¥यो ।

अभियानअन्तर्गत ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा यात्रुहरुले मास्क लगाए नलगाएको चेकजाँच गरी मास्क लगाउन सुझाएको छ । यस्तै, प्रहरीले स्थानीय तहसँगको समन्वयमा मास्क नलगाएका यात्रुलाई मास्क वितरण गरेको थियो । ट्राफिक प्रहरीका अनुसार सम्झाइबुझाइ गर्दा अटेरी गर्ने र स्वास्थ्य मापदण्ड पूरा नगर्नेलाई कारबाही गरिएको छ ।

गण्डकी ट्राफिक प्रहरी कार्यालय गगनगौंडाका अनुसार मास्क नलगाउने ३१ जना कारबाहीमा परेका छन् । उनीहरुलाई स्थानीय प्रशासन ऐन, २०२८, संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिएको हो । उनीहरुलाई प्रतिव्यक्ति १ सय रुपैयाँ जरिवाना गरिएको प्रदेश ट्राफिक कार्यालय गगनगौंडाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोजकुमार शाहीले जानकारी दिए ।

संक्रामक तथा सरुवा रोग नियन्त्रण अभियानमा प्रदेशभर १० हजार १७२ सवारी चेकजाँच गरिएको छ भने २० हजार ३५३ जनालाई सम्झाइबुझाइ गरिएको प्रनि शाहीले बताए । यसैबीच ८ हजार ६२९ जनालाई मास्क वितरण गरिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ