२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशस्याङ्जाका ३ पालिकामा लकडाउन

स्याङ्जाका ३ पालिकामा लकडाउन


पोखरा – गण्डकी प्रदेशमा कारोना संक्रमण रोक्न निषेधाज्ञादेखि होल्डिङसेन्टर स्थापनासम्मका काम भएका छन् । कास्कीमा वैशाख १५ देखि २१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण बढेपछि स्याङ्जाका ३ नगरपालिकामा शनिबार मध्यरातिदेखि निषेधाज्ञा जारी गरिएको हो ।

वालिङ नगरपालिकामा शनिबार मध्यरातिदेखि लकडाउन गरिएको छ । औषधीपसल निशर्त खुल्ने छन्, त्यसबाहेक अरु अत्यावश्यक सेवाका पसल बिहान ७ बजेदेखि ९ बजेसम्म, बेलुका ५ देखि ७ बजेसम्म स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्ने निर्णय भएको वालिङका सूचना अधिकारी बाबुराम सापकोटाले जानकारी दिए ।

राजमार्गबाहेक अन्य क्षेत्रमा सवारीसमेत ठप्प हुने बताइएको छ। यस्तै, गल्याङमा १९ देखि २५ सम्म लकडाउन गरिएको छ । अत्यावश्यकीयबाहेक अन्य पसल व्यवसाय र सवारी बन्द हुने निर्णय भएको नगर उपप्रमुख देवीसरा थापाले बताइन् । औषधी पसल भने खुल्नेछन् । उनका अनुसार नगरमा ५० बेड आइसोलेसन बन्दै छ भने एम्बुलेन्स तयारी अवस्थामा छ । चापाकोट नगरपालिकामा भने सवारी साधन पातलो चल्नेछन् । ‘कोरोनाको संक्रमण त्यति धेरै छैन, त्यसैले साह्रै कडाइ गरिएको छैन’, नगरप्रमुख शिवकुमार गिरीले भने ।

यसैबीच मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई शुक्रबारदेखि लागु हुनेगरी क्वारेन्टिनमा बसेको प्रमाणपत्र अनिवार्य गरिएको छ म मुस्ताङमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएपछि जिल्लाबाहिरका व्यक्तिलाई जिल्ला प्रवेशमा कडाइ गरिएको बताइएको छ ।

म्याग्दीको सदरमुकाम बेनीस्थित कालीपुलमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वय तथा स्थानीय तहको सहयोगमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको हो । होल्डिङसेन्टरमार्फत कोरोना रोकथामको प्रयासस्वरुप विदेशी तथा बाहिरी जिल्लाबाट आवतजावत गर्ने यात्रुको व्यवस्थापन गरिनेछ ।

गण्डकी प्रदेशको पूर्वी नाका तनहुँमा पनि होल्डिङ सेन्टर स्थापना गरिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ