२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेश – कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना

गण्डकी प्रदेश – कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना


पोखरा – गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३१ पुगेको छ । गण्डकी प्रदेशमा पछिल्लो ४८ घन्टामा ८ जनाको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा १६ का ७७ वर्षीय १ पुरुषको होम आइसोलेसनमा ज्यान गएको हो । पोखरा २६ की ५८ वर्षीया १ महिला, पोखरा १६ कै ७३ वर्षीया वृद्धा, पोखरा १९ का ५४ वर्षीय वृद्ध र पोखरा १० की १ महिलाको मृत्यु भएको हो ।

यस्तै, पर्वतको कुश्मा नगरपालिका ५ की ५८ वर्षीया महिला, दाङको राप्ती गाउँपालिका ५ का ४३ वर्षीय पुरुष, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ३ का ७५ वर्षीय पुरुषको ज्यान गएको हो ।

मृतकहरुको पोखराका मणिपाल शिक्षण अस्पताल, मेडिप्लस अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा ज्यान गएको निर्देशनालयले जनाएको छ ।

यसैगरी, निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार गण्डकीमा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा कास्कीका ३६८, बागलुङका ४, पर्वतका ६, स्याङ्जाका ९८, तनहुँका ११, नवलपरासी पूर्वका २९, लमजुङका ९, म्याग्दीका ३, मुस्ताङका १३ र मनाङका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले उल्लेख गरेको छ ।

यसरी हेर्दा पछिल्लो तथ्यांकले कास्कीमा मात्रै जना संक्रमित भएको देखिन्छ । शनिबार निर्देशनालयले तथ्यांक अद्यावधि नगरेर आइतबारमात्रै अद्यावधि गरेकाले कोरोना संक्रमण अझ तीव्र भएको देखिएको छ । तथापि कोरोना संक्रमण भने दिनप्रति दिन बढिरहेको छ ।

निर्देशनालयको पछिल्लो अद्यावधिक तथ्यांक अनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या १९ हजार १ सय ३६ पुगेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ