२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा एकैदिन सञ्चारकर्मीसहित १६ जनाको मृत्यु, कास्कीमा १ हप्ता निषेधाज्ञा थप

गण्डकीमा एकैदिन सञ्चारकर्मीसहित १६ जनाको मृत्यु, कास्कीमा १ हप्ता निषेधाज्ञा थप


पोखरा-गण्डकी प्रदेशमा कोभिड-१९ को संक्रमणबाट एकैदिन १६ जनाको मृत्यु भएको छ । यससँगै गण्डकीमा अहिलेसम्म कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोभिड-१९ बाट मृत्यु भएका १६ जनामध्ये कास्कीका ८, बागलुङका १, म्याग्दी ३, तनहुँ ३, गोरखाका १ जनाको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

गण्डकीमा ६ हजार ६ सय ८६ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा २७४ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घन्टाको तथ्यांकले कोरोना संक्रमित ९४१ जना थपिएका छन् । जसमध्ये महिला ४४९ र पुरुष ४९२ जना रहेको निर्देशनालयले उल्लेख गरेको छ । कास्कीका २५१, बागलुङका २३५, स्याङ्जाका १६८, नवलपरासी पूर्वका ६८, गोरखाका ८१, पर्वतका ३१, म्याग्दीका ४०, मनाङका २८, मुस्ताङका २७, तनहुँका ११ र लमजुङका १ जनामा संक्रमण पुष्टि भएको छ ।

पोखराका युवा पत्रकारको मृत्यु

पोखराको गण्डकी टेलिभिजनका प्रबन्धक तथा नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य गणेश पौडेलको कोरोना संक्रमणका कारण बिहीबार बिहान निधन भएको छ ।

पौडेल कोरोना संक्रमित भएपछि १ हप्ता अघिदेखि जिएमसीमा उपचार गराइरहेका थिए । पौडेलका श्रीमती र २ छोरा छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ