२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट बनाउन आर्थिक अभियान सुरु

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट बनाउन आर्थिक अभियान सुरु

बतास फाउन्डेसनको अभियानमा २ करोडभन्दा बढीको प्रतिवद्धता


पोखरा – पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट बन्ने भएको छ । प्लान्टको निर्माणमा बतास फाउन्डेसनले अग्रसरता लिएको छ । प्लान्ट निर्माणका लागि २ करोड २५ लाख लाग्ने फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले बताए । पोखराका मेयर मानबहादुर जिसीको आग्रहमा अभियान थालिएको अध्यक्ष बतासले बताए ।

अध्यक्ष बतासका अनुसार ३ देखि ५ सय बेडमा बिरामी हुँदा धान्न सक्ने क्षमताका प्लान्ट बन्नेछ । प्लान्ट लिक्यिुड फर्ममा सञ्चालन हुनेछ ।
प्रतिघन्टा १०–१५ क्युबिक मिटर अक्सिजन उत्पादन गर्न सक्ने उक्त अक्सिजन प्लान्ट करिब ३ महिनामा प्लान्ट इस्टलेसन गर्न सकिनेछ । प्लान्टका लागि चाहिने सामग्री चीनबाट ल्याउने तयारी भइरहेको उनले बताए । यो अभियानले अन्यत्र पनि प्रभाव पारेको उनले बताए ।

प्लान्टका लागि बतास फाउन्डेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै, सेलवेज प्रालिका सुशील प्रधानांग, सुपर मादी हाइड्रो पावरका पुष्पज्योति ढुंगाना, अटोवेज प्रालिका नारायण पौडेल, क्वालिट एग्रिगेट माइनिङका देवबहादुर ज्वारचन र बि रिभर माइनिङ प्रालिले समान २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै, सिटिजन फर्निचर ट्रेडलिंक प्रालि भैरव ग्रुपका दीपक कार्कीबाट १ लाख ११ हजार १११, अन्नपूर्ण गाउँपालिका २ कास्कीका नारायणप्रसाद अधिकारीबाट १ लाख, स्व. प्रेमप्रसाद लामिछाने र स्व. जनकमाया लामिछानेका छोरा उत्तम लामिछानेबाट २ लाख ५ हजार ५ सय, कञ्चन क्यापिटलको तर्फबाट दिवंगत कृष्णमान गुभाजुको स्मृतिमा ३ लाख, लभ्ली हिल्स हाउजिङका अनील ताङ्गेबाट ३ लाख प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै, कृष्ण श्रेष्ठबाट ५ लाख, होटल ल्यान्डमार्कका ओमप्रकाश पाण्डेबाट १ लाख ११ हजार १११, वैकुष्ठ रञ्जितबाट १ लाख, सोभितमान बुद्धाचार्यबाट २ लाख, भीमराज रेग्मीबाट १ लाख, केसी ग्रुप पोखराबाट २५ लाख, दिटिका इन्टरनेसनल प्रालिका टीकाकुमारी गुरुङबाट १ लाख १, युनाइटेड क्लबबाट १ लाख ११ हजार १११, नेलम्बो नेपालबाट ३ लाख, काठमाडौंका मनोज गुप्ताबाट १ लाख १ हजार १११, माउन्ट कैलाशका नरेश भट्टराईबाट १ लाख ५५ हजारलगायतले सहयोगको प्रतिबद्धता जनाएको बतास फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले फेसबुकमार्फत जानकारी दिएका छन् । अन्य धेरै दाताहरुले सहयोग गरिरहेका छन् ।

अन्तिम आँकडा आउन बाँकी रहेको फाउन्डेसनले जनाएको छ । पोखरामा एभरेष्ट एफएमले फाउन्डेसनको अभियानमा हातेमालो गरिरहेको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ सय भन्दा बढी बेड भएका अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न वैशाख २९ गते सूचना जारी गरेको थियो । तथापि निजी अस्पतालहरुले असम्भव भएको जनाएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ