२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा ७७० नयाँ कोभिड–१९ संक्रमित थपिए

गण्डकीमा ७७० नयाँ कोभिड–१९ संक्रमित थपिए


पोखरा–गण्डकीमा थप ७७० जना कोभिड–१९ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार संक्रमितमध्ये ३३० महिला र ४४० पुरुष रहेका छन् ।

निर्देशनालयका अनुसार सबैभन्दा बढी संक्रमित म्याग्दीका २३० जना रहेका छन् । यस्तै, पर्वतका १८, गोरखाका ४९, तनहुँका ५८, कास्कीका १६८, बागलुङका ७९, स्याङ्जाका २१ र नवलपरासीपूर्वका १४७ जना रहेका छन् । मुस्ताङ, मनाङ र लमजुङमा भने नयाँ संक्रमित भेटिएका छैनन् ।

पोखराको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ३७६, मध्यबिन्दु अस्पताल नवलपरासी पूर्वमा ९७, स्वास्थ्य कार्यालय नवलपरासी पूर्वमा ४९, धौलागिरी अस्पतालमा २११, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य कार्यालय म्याग्दीमा गरिएको एन्टीजेन परीक्षणमा १२ जनामा पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा १४ जनाको कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार म्याग्दीका १, पर्वतका ३, गोरखका १, तनहुँका १, कास्कीका ६, स्याङ्जाका २ जनाको कोरोना संक्रमणका मृत्यु भएको हो ।

कोरोनाबाट कास्कीको पोखरा महानगरपालिका ३० का ५३ वर्षीय पुरुषको होम आइसोलेसनमा ज्यान गएको छ । उनमा वैशाख २६ गते कोरोना पुष्टि भएको थियो । यस्तै, पोखरा १४ का ४९ वर्षीय पुरुष, पोखरा १४ का ४५ वर्षीय पुरुष, पर्वत फलेबास गाउँपालिका ५ की ३२ वर्षीया महिला र स्याङ्जा वालिङ नगरपालिका ६ का ७८ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
पोखरा ८ का ४२ वर्षीय पुरुषको संक्रामक तथा सरुवा रोग अस्पताल तथा गोरखाको सहिद लखन थापा गाउँपालिका ४ का ४२ वर्षीय पुरुषको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस्तै, म्याग्दीको बेनी नगरपालिका ५ की ४५ वर्षीया महिला, तनहुँको भीमाद ५ की २२ वर्षीया महिला, पर्वत जलजला गाउँपालिका ४ का ५५ वर्षीय पुरुष र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका १ का ७० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ ।

यसैगरी पोखरा महानगरपालिका २ की ३९ वर्षीया महिला, पोखरा १४ कै ५२ वर्षीय पुरुष तथा पर्वतको कुश्मा नगरपालिका १२ की ५२ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै गण्डकी प्रदेशका कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३५५ पुगेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ