२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशप्रशासन र कर्मचारीबीच विवाद भइरहने मणिपाल शिक्षण अस्पतालमा फेरी चर्कियो विवाद

प्रशासन र कर्मचारीबीच विवाद भइरहने मणिपाल शिक्षण अस्पतालमा फेरी चर्कियो विवाद


पोखरा – मणिपाल शिक्षण अस्पताल पोखरामा अस्पताल प्रशासन र अस्पताल कर्मचारीबीच फेरी विवाद चर्किएको छ । मंगलबार मौखिक सहमतिपछि काममा फर्किएका कर्मचारी र अस्पताल प्रशासनबीच बुधबार घम्साघम्सी भएको स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीले बताए ।

सो क्रममा अस्पतालको टेबलको एउटा सिसा फुटेको छन् । उनले भने,‘ अस्पताल प्रशासनले एउटा डिपार्ट र कामबाट अर्काे डिपार्ट र अर्कै काममा कर्मचारी सरुवा गरेपछि कर्मचारी आक्रोशित भएका हुन् ।’ प्रशासनले आन्दोलनमा सहभागी भएकामध्ये केहीलाई कारबाही गरेको थियो । ‘यो अस्पताल प्रशासनको कर्मचारीलाई दुःख दिने नियत हो,’ अध्यक्ष भण्डारीले भने, ‘अहिले अस्पताल प्रशासनले वार्तामा बसांै भनेको छ तर वार्ताको मिति तय भएको छैन ।’

कोभिड बिरामीको उपचारमा खटिएका कर्मचारीका लागि आवश्यक सेवा सुविधा वृद्धि र आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने माग राखि कर्मचारी मंगलबार आन्दोलित भएको स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीले बताए । उनले भने,‘ कोभिड उपचारमा खटिएका कर्मचारी पिपिई नै लगाएर अस्पतालबाहिर निस्केर २÷३ घन्टा सांकेतिक विरोध गरिएको हो ।’ ड्युटीमा रहेका कर्मचारीबाहेक कर्मचारी विरोधमा सहभागी भएको उनले बताए ।

अस्पताल प्रशासनले पर्याप्त मात्रामा स्वास्थ्य सामग्री उपलब्ध नगराएको उनीहरुको आरोप छ । युनियन अध्यक्ष भण्डारीका अनुसार मंगलबार तलब तथा भत्ता नियमानुसार उपलब्ध गराउने र पर्याप्त मात्रामा स्वास्थ्य सामग्री उपलब्ध गराउने सहमति प्रशासन र कर्मचारीबीच भएको थियो । यसबारे जानकारी लिन मणिपाल अस्पताल प्रशासक भानु भारद्वाजसँग गरिएको सम्पर्क प्रयास सफल हुन सकेन ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ