२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकास्कीकी ९६ वर्षीया वृद्धाले जितिन कोभिड–१९

कास्कीकी ९६ वर्षीया वृद्धाले जितिन कोभिड–१९


पोखरा–कास्कीको मादी गाउँपालिका–४ की ९६ वर्षीया तुलसी सापकोटाले कोभिड–१९ संक्रमण जितेकी छन् । २० बैशाखमा गरिएको पिसिआर परीक्षणमा उनको कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो ।

उनका नाति आनन्द सापकोटाले आफ्नी हजुरआमाले कोभिड–१९ जितेको जानकारी दिए । उनीसँगै संक्रमित उनका छोरा, बुहारी, नाति, नातिनी बुहारीका साथै ५ वर्षीय पनातिसमेत कोभिड–१९ संक्रमणमुक्त भएका छन् ।

तारकाङ स्वास्थ्य इकाईमा सोमबार स्वाब संकलन गरी पोखरा पठाइएकोमा शनिबार पिसिआर रिपोर्ट नेगेटिभ आएको उनका छोरा पं.दीपक सापकोटाले जानकारी दिए । उनका अनुसार आमालाई सुरुका दिनमा चक्कर लाग्ने सामान्य समस्या देखिएपनि पछिल्ला दिनमा उनमा कुनै लक्षण देखिएको थिएन ।

मादी गाउँपालिकामा अहिलेसम्म ६२ जना कोभिड–१९ संक्रमित भेटिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोपाल बरालले जानकारी दिए । मादी ४ तारकाङमा पछिल्लो पटक पिसिआर जाँच गरिएका ३४ जनामध्ये ४ जनाको पोजेटिभ र ३० जनाको नेगेटिभ आएको प्रमुख बरालले बताए । उनका अनुसार ४ जना नयाँ संक्रमित हुन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ