२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा प्रदेशमा एक हप्तामा ४ हजार कोभिड–१९ संक्रमित निको भए, १४८ को मृत्यु

गण्डकीमा प्रदेशमा एक हप्तामा ४ हजार कोभिड–१९ संक्रमित निको भए, १४८ को मृत्यु


पोखरा–गण्डकी प्रदेशमा पछिल्लो १ हप्तामा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ४ हजार १ पुगेको छ । यो अवधिमा ६ हजार ४ सय संक्रमित भएका थिए । गण्डकी स्वास्थ्य निर्देशनालयले सोही अवधिमा १४८ जनाको कोभिड–१९ संक्रमणका कारण ज्यान गएको जनाएको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा ६९९ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । सोही अवधिमा ९४६ जना कोभिड–१९ संक्रमित भए भने १७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयद्वारा आइतबार सार्वजनिक तथ्यांकअनुसार ९ हजार ८२ जना होम आइसोलेसनमा छन् ।

हिमाली जिल्ला मनाङमा नयाँ संक्रमित भेटिएका छैनन् । कास्कीमा २९५, बागलुङमा ९५, स्याङ्जामा ९०, नवलपरासी पूर्वमा २५, तनहुँमा ६१, लमजुङमा ८ गोरखामा १७१, पर्वतमा १८, म्याग्दीमा १८१ र मुस्ताङमा २ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेशभर कुल २३ हजार ७६७ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने ३४ हजार ५८२ कोरोना संक्रमित छन् । जसमध्ये १० हजार २८४ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । कोभिड–१९ कै कारण प्रदेशभरबाट अहिलेसमम ५३१ जनाले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ