२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमध्यबिन्दु अस्पतालमा अक्सिजन उत्पादन सुरु, भेन्टिलेटर चलाउन अझै अक्सिजन अभाव

मध्यबिन्दु अस्पतालमा अक्सिजन उत्पादन सुरु, भेन्टिलेटर चलाउन अझै अक्सिजन अभाव


पोखरा–नवलपुरस्थित मध्यबिन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ । प्लान्टबाट दैनिक १८ सिलिन्डर अक्सिजन उत्पादन हुने अस्पतालका सुपरिटेन्डेन्ट सर्जन डा.वीरबहादुर थापाले जानकारी दिए । एक सिलिन्डरमा करिब ६ हजार लिटर ग्यास अट्छ ।

अक्सिजन प्लान्ट रेगुलर प्रयोगमा खपत हुनेछ भने सिलिन्डरमा भर्न सकिने अवस्था छैन । ग्यास भर्न आवश्यक बुस्टर मेसिन अभावले पनि भर्न नसकिएको हो ।

उनकाअनुसार प्लान्टबाट उत्पादित अक्सिजनले मात्रै अस्पतालको माग पूरा हुन सक्ने अवस्था छैन । तथापि पहिले ल्याइरहेको अक्सिजन सिलिन्डर र प्लान्टबाट उत्पादिन अक्सिजन भएपछि सहज हुनेछ ।

अस्पतालमा भेन्टिलेटर भएर पनि प्रयोगमा ल्याउन नसकिएको उनको भनाइ थियो । उनले भने, ‘हामीसँग अथोरिटीअनुसार दक्ष जनशक्ति अभाव र अक्सिजनको कमीका कारण सञ्चालन गर्न नसकिएको हो ।’ बिरामीको संख्या बढ्न सक्छ, भेन्टिलेटर चलाउने हो भने त अक्सिजन धेरै नै कम हुन्छ ।’

हाइफ्लो अक्सिजन बेड ५ वटा तयारी अवस्थामा राखिएको छ । अस्पतालमा ४० बेड छन् । कोभिड–१९ पोजेटिभ रिपोर्ट आएका २३ र संक्रमितको शंका गरिएको तर पिसिआर पुष्टि नभएका अक्सिजन चाहिने १० जना बिरामी गरी ३३ बिरामी भर्ना भएको उनले बताए ।

‘पहिलेको ओपिडीलाई समेत कोभिड बिरामीको उपचारमा प्रयोग गर्ने गरी माथिबाट परिपत्र भएअनुसार बन्द छ । तर, बाहिरबाट २ जना मेडिकल अफिसरमार्फत सेवा दिइएको छ । संक्रमणदर उच्च भएका बेला अस्पताल आएका ४८÷५० जनासम्म एडजस्ट गरेका थियौं,’ उनले भने ।

डा. थापाका अनुसार नयाँ प्रिफ्याब १४÷१५ भवन पनि बन्दै छ । हामीले ग्यामिन (संस्था) को भवन प्रयोग गरेका छौं । कोरोना पुष्टि नभएका बिरामी त्यहीँ राखिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ