२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा ३० जना कोभिड–१९ संक्रमितको मृत्यु

गण्डकीमा ३० जना कोभिड–१९ संक्रमितको मृत्यु


पोखरा–गण्डकी प्रदेशमा कोभिड–१९ संक्रमणबाट ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ३० जना कोभिड–१९ संक्रमितको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाइ फ्लो अक्सिजनसहित उपचार गराइरहेका ८ जनाले पर्याप्त अक्सिजन नहुँदा छटपटाएरै ज्यान गुमाएका छन् । उनीहरु कोभिड–१९ संक्रमित थिए ।

अस्पतालका कोभिड फोकल पर्सन शरद बरालकाअनुुसार हाइ फ्लो अक्सिजन दिनुपर्ने बिरामी बढ्नु र अक्सिजन आपूर्तिको तालमेल नहुनु बिरामी मृत्युको कारण रहेको छ । यद्यपि पूरै अक्सिजन बन्द नभएको उनी बताउँछन् । त्यस्तै जटिलता बढी भएका बिरामीका कारण पनि मृतक एकैपटक धेरै भएको पनि उनले बताए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरतबहादुर खत्रीले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी अस्पतालमा मृत्यु भएकामध्ये धेरै दीर्घ रोग भएका जटिल अवस्थाका बिरामी भएका कारण मृत्यु भएको जनाएका छन् । उनका अनुसार अस्पतालमा अक्सिजन अभाव भएको थिएन ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा पोखरा १४ का ५० वर्षीय पुरुष, पोखरा ११का ५३ वर्षीय पुरुष, पोखरा १४ की २९ वर्षीया महिला, बाराको कोल्हवी नगरपाकिला २ का ७१ वर्षीय पुरुष, पर्वतको जलजला गाउँपालिका ७ की ६२ वर्षीय महिला, तनहुँको भानु नगरपालिकाकी २५ वर्षीया महिला, भीमाद ६ की ७७ वर्षीया महिला, शुक्लागण्डकी नगरपालिका ७ का ४८ वर्षीय पुरुष र स्याङ्जाको वालिङ नगरपालिका २ की ७३ वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै, धौलागिरी अस्पतालमा उपचारका क्रममा तमानखोला गाउँपालिका ५ की ६७ वर्षीया महिला, गैंडाकोट नगरपालिका ४ का ५८ वर्षीय पुरुषको कलेज अफ मेडिकल साइन्स चितवनमा, स्याङ्जा हरिनाश गाउँपालिका ४ का ७७ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको छ । उपचारकै क्रममा मुस्ताङको घरपजोङ गाउँपालिका ४ का ६५ वर्षीय पुरुषको फिस्टेल अस्पताल पोखरामा, स्याङ्जाको पुतलीबजार नगरपालिका ९ को ७४ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको निर्देशनालयले जनाएको छ ।

मुस्ताङको थासाङ गाउँपालिका ४ का ६२ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका १ की ३८ वर्षीया महिला र सुलिकोट २ का ८३ वर्षीय पुरुषको होम आइसोलेसनमा र सुलिकोटकै ७० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा ज्यान गएको छ ।

यस्तै, तनहुँको म्याग्दे गाउँपालिका २ का ६० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा, शुक्लागण्डकी नगरपालिकाका ४८ वर्षीय पुरुषको ग्यालेक्सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

कास्कीको पोखरा माहानगरपालिका २२ का ४५ वर्षीय पुरुष, पोखरा १९ का ३३ वर्षीय पुरुष, पोखरा ११ का ६० वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको छ भने पर्वतको महाशिला गाउँपालिका १ का ६३ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ ।

पोखरा १७ का ६८ वर्षीया महिलाको मेडिप्लस अस्पतालमा, पोखरा १५ का ९४ वर्षीय पुरुषको फिस्टेल अस्पतालमा, पोखरा ३२ की ५१ वर्षीय महिलाको फेवा सिटी अस्पतालमा, दाङ घोराही उपमहानगरपालिका १५ की ६० वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा र घोराही १६ का ४२ वर्षीय पुरुषको फिस्टेल अस्पतालमा तथा तनहुँको घिरिङ गाउँपालिका १ का ४० वर्षीय पुरुषको मेडिप्लस अस्पताल पोखरामा निधन भएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा ३५८ महिला र ४५० पुरुष गरी ८०८ जना नयाँ संक्रमित गण्डकी प्रदेशमा थपिएका छन् भने ७७० जना कोभिड–१९ मुक्त भएका छन् । पछिल्लो तथ्यांक अनुसार गण्डकीमा ४० हजार ४९५ जना संक्रमितमध्ये ११ हजार २७५ सक्रिय छन् । प्रदेशभर कूल ६२४ जनाको मृत्यु भएको छ भने २८ हजार ५९६ जना संक्रमित निको भएका छन् । निर्देशनालयका अनुसार १० हजार ५८५ जना होम आइसोलेसनमा रहेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ