२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीका मुख्यमन्त्री खोप लिएर गोरखाको चुमनुब्रीमा

गण्डकीका मुख्यमन्त्री खोप लिएर गोरखाको चुमनुब्रीमा


पोखरा—गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोली भेरोसेल खोप लिएर गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । शुक्रबार समाचार तयार पार्दासम्म मुख्यमन्त्रीसहितको टोली छेकम्पार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बिनोदबिन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्री पोखरेलले विपद्ग्रस्त तामागाउँको अनुगमन गर्नेछन् । सचिव शर्माका अनुसार मौसम प्रतिकूल भएका कारण छेकम्पारमा रोकिएको टोली मौसम सुध्रिएपछि तामागाउँ जानेछ । उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार खोपमध्ये केही खोप पोखराबाट टोलीले हेलिकप्टरमा लगेको छ भने केही खोप गोरखाबाट नै व्यवस्थापन गरिने सचिव शर्माले जानकारी दिए ।

चुमनुब्रीमा ३ हजार ५ सय डोज खोप चाहिनेमा ५ सय जनाले यसअघि नै खोप लगाइसकेका छन् । भण्डारण क्षमता कम भएका कारण प्रदेशबाट तत्काल जिल्लामा पठाउने र त्यसपछि पालिकाहरुमा पठाएर खोप लगाउने गरिएको छ ।

अहिले चुमनुब्री पठाइएको खोप ३ हजार जनालाई उपलब्ध गराइने छ । दोस्रो डोजका लागि फेरि प्रदेश सरकारले खोप पु¥याउनेछ । टोलीले खोपका साथमा मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्रीसमेत लगेको छ । टोलीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङ, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा. दामोदर रेग्मी छन् ।

माउन्टेन चाइल्ड संस्थाको सहयोगमा हेलिकप्टरमार्फत् खोप चुमनुब्री पु¥याइएको हो । हेलिकोप्टरले पालिकाका ७ वटै वडाको केन्द्रमा खोप छाड्ने बताइएको छ ।

उता, चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले भने खोप ल्याउनेबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘हामीलाई कसैले जानकारी दिएकै छैन । काठमाडौंबाट हेलिकप्टर आउने भनेको भएपनि मौसम खराबका कारण त्यो पनि आएको छैन ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ